९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मजदुर समेट्न कार्यथलो अभियान

अ+ अ-

काठमाडौँ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले कार्यथलो अभियान सञ्चालन गर्ने भएको छ । भदौ १६ देखि १८ गतेसम्म पोखरामा सम्पन्न कार्यशाला तथा केन्द्रीय कमिटीको बैठकले असोज ५ गतेदेखि मङ्सिर ३० गतेसम्म तीन महिने कार्यथलो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कार्यथलो अभियान देशभरिका पालिकाको बसपार्क, विभिन्न रुट, वर्कशप, ग्यारेजलगायत श्रमिकले काम गर्ने स्थलमा सञ्चालन हुनेछ । केन्द्रीय कमिटीका नेतृत्व प्रतिनिधि, प्रदेश नेतृत्व अभियन्ताका रूपमा परिचालन हुने अभियानको अनुगमन जनफन्टका सबै प्रदेश अध्यक्षले अनुगमन र निरीक्षण गर्नेछन् । । अभियानले सङ्गठनको सदस्यता र नवीकरणमा वृद्धि, कमिटी विस्तार श्रमिकको यथार्थ समस्याको पहिचान हुने अपेक्षा गरिएकोछ ।

त्यस्तै नेतृत्व तहमा देखिएका अन्तरविरोध र विवादको समाधान हुनेछन् भने कमिटीबीचको तहगत अन्तर्विरोधको अन्त्य र इन्चार्जको भूमिकाका स्पष्ट हुनेसमेत सङ्गठनका अध्यक्ष भीमज्वाला राईले बताए । यही अभियानमार्फत सङ्गठनमा सम्भावनायुक्त नयाँ पुस्ताका युवा, महिलाको पहिचान गरी भावी नेतृत्वका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।

सङ्गठनले फेरिएको यातायात श्रम क्षेत्र, सुधारका लागि हाम्रो भूमिका विषयक कार्यशालामा देशभरिका अगुवा नेतृत्वलाई सहभागी गराइ दुहिदिन छलफल गरेको थियो भने कार्यशालाबाट आएको निष्कर्षलाई सङ्गठनको तेस्रो बैठकमार्फत वार्षिक कार्यक्रम बनाएको छ ।

वार्षिक कार्यक्रममा १३ हजार तीन सय २५ नयाँ सदस्यता वितरण गर्ने र १७ हजार एक सय ४० सदस्यलाई नवीकरणसहित एक वर्षमा ३० हजार चार सय ६५ यातायात श्रमिकलाई समेट्ने लक्ष्य राखेको छ । कार्यशालामा जिफन्ट सातवटै प्रदेश कमिटीका अध्यक्ष, सङ्गठनका पूर्व अध्यक्षसमेत पर्यवेक्षकका रूपमा सहभागी रहेका छन् ।

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले उद्घाटन गरे भने कार्यशालाको सहजीकरण जिफन्ट उपाध्यक्ष विदुर कार्की र नरनाथ लुइँटेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस