४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन

अ+ अ-

गोरखा ।  गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षकको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि गाउँपालिकाले सार्वजनिक सूचनामार्फत राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन दिएको हो ।

“शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षक तथा निजामती सेवा नियमावली २०५० ले निजामती कर्मचारी कुनै प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले भने, “त्यसले कोही पनि राजनीति कार्यक्रममा सहभागी हुन पाइदैन् । गाउँपालिकाको निर्देशन उल्लङ्घन गरी राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा विभागीय सजाय हुन्छ ।”

सामाजिक सञ्जालमार्फत राजनीतिक कार्यक्रममा शिक्षकको सहभागिता भएको सन्दर्भमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले सार्वजनिक गुनासो र चासोका आधारमा शिक्षकलाई सूचनामार्फत सचेत गराएको बताए । प्रशासकीय अधिकृत उपरकोटीका अनुसार विद्यालयलाई राजनीतिक कार्यक्रमको आयोजनास्थल बनाइ राजनीतिक कार्यक्रम नगर्नरनगराउन पनि गाउँपालिकाले भनेको छ ।

विभिन्न राजनीतिक दलका कार्यक्रममा गण्डकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका भवनकोसमेत प्रयोग भएको भन्ने सूचना तथा फोटो सामाजिक सञ्जालमार्फत कार्यालयलाई प्राप्त भएको भन्दै त्यसतर्फ गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

विद्यालयको भवनमा राजनीतिक कार्यक्रम दिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्षले सोको जिम्मेवारी लिनुपर्ने भन्दै त्यसका लागि पालिकाले आवश्यक प्रक्रिया अघि बढाइ कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस