४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८२ शिक्षकको सरुवा

अ+ अ-

काठमाडौँ । जीतपुर सिमरा उपमहानगरले सामुदायिक विद्यालय तहमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी ८२ जना शिक्षकको सरुवा गरेको छ । उपमहानगरको नगर शिक्षा समितिले स्थानीय सरकार सञ्चालन ऐन  २०७४, परिच्छेद ३ को दफा ११ को उपदफा २ बमोजिम मङ्गलवार सामुदायिक विद्यालयका शिक्षकहरुको सरुवा गरेको हो । उपमहानगरले माध्यमिक तहका १५ जना, निम्न माध्यमिक तहका १८ जना र प्राथमिक तहका ४९ जना शिक्षकको सरुवा गरेको उपमहानगरको शिक्षा शाखाले जनाएको छ ।

नगरप्रमुख राजन पौडेल नेतृत्वको कार्यपालिकाले पहिलोपटक शिक्षा सम्बन्धी कार्यविधि बनाएर सामुदायिक विद्यालयका शिक्षकहरुको सरुवा गरेको हो । सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७९ बमोजिम सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी (करार), राहत (करार) शिक्षकहरु मध्ये माध्यमिक, निम्न माध्यमिक तहको हकमा विषयगत दरबन्दी मिलान तथा व्यवस्थापन र प्राथमिक तहको हकमा सम्बन्धित विद्यालयमा ५ वर्ष वा सोभन्दा बढी सेवा अवधि पुगेका शिक्षकहरुलाई स्वेच्छिक निवेदनका आधारमा सरुवा गरिएको उपमहानगर शिक्षा शाखाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

डा. कृष्ण पौडेल नेतृत्वको निवर्तमान कार्यपालिकाले शिक्षक सरुवा गर्न खोज्दा राजनीतिक हस्तक्षेप बढेपछि शिक्षक सरुवा रोकिएको थियो ।

यसअघि उपमहानगरभित्रका अधिकांश सामुदायिक विद्यालयका शिक्षकले घरपायक विद्यालयमा पढाउने, जुन विद्यालयका सुरु नियुक्ति लियो, सोही विद्यालयबाट सेवा निवृत्त हुने र बिचमा सरुवा गर्न खोज्दा राजनीतिक तथा प्रशासनिक दबाबमा सरुवा रोक्ने प्रचलन थियो ।

तर, नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारीसहित कार्यपालिका सदस्यहरुको सहमतिमा शिक्षा शाखाले पहिलोपटक शिक्षकहरुको सरुवा गरेको हो ।

‘हामीले प्रधानाध्यापक नभएका विद्यालयहरुमा आवश्यकताका आधारमा  केही शिक्षकको सरुवा गरेका छौँ, बाँकी शिक्षकको हकमा आगामी नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै सरुवाको निर्णय हुन्छ,’ नगरप्रमुख पौडेलले भने । पौडेलको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले गरेको निर्णय अनुसार सरुवा गरिएको हो ।

पौडेल नेतृत्वको कार्यपालिकाले निर्वाचित भएको पहिलो वर्षमा उपमहानगरभित्र शिक्षा र स्वास्थ्यमा सुधारको सुरुवात गरेको छ । गत आर्थिक वर्षमा उपमहानगरले विद्यार्थी संख्या अत्यन्तै न्यून भएका विद्यालयहरुलाई विद्यार्थी संख्या अधिक भएका नजिकको विद्यालयमा गाभ्ने कार्यको सुरुवात गरेको थियो । तर सो कार्यक्रमलाई असफल बनाउन उपमहानगरभित्र निजी विद्यालय सञ्चालन गर्ने केही वडाध्यक्षहरुले चर्को विरोध गरेका थिए ।

वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेलले भने नगरपालिकामा गठबन्धन प्रमुखले माओवादी कर्मचारी र एमालेका केही स्वार्थी मित्रहरुलाई  प्रयोग गरेर शिक्षक सरुवा गरेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।

उपमहानगरभित्र ६२ वटा सामुदायिक विद्यालय छन्, जसमा कर्मचारी र वालविकास बाहेकका ४४६ जना शिक्षक कार्यरत छन् ।

jj1
jj2
jj3
jj4
jj5
jj6
प्रतिक्रिया दिनुहोस