७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा

अ+ अ-

पर्वत । पर्वतको जलजला गाउँपालिकामा पहिरोले नोक्सान पुर्‍याएपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागको टोली यहाँ आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५ कुवापानी पुगेको हो ।

विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक विरास मल्ल र इन्जिनियर ईश्वर न्यौपाने यहाँ पुगेका हुन् । टोलीले बुधबारदेखिनै पहिरोको अध्ययन थालेको छ । स्थलगत अध्ययन र ल्याब परीक्षणपछि रिपोर्ट तयार गर्ने भूगर्भविद् अनिस खनालले जानकारी दिए । प्रारम्भिकरुपमा हेर्दा पहिरो पहाडबाट छुट्टिएको र पहिरोमुनिको बस्ती परम्पराकालमै पहिरो गएकै स्थानमा बसेकाले पनि थप जोखिम रहेको उनको भनाइ छ ।

‘विस्तृत विवरण अध्ययन र सबै क्षेत्रको अवलोकनपछि आउँछ’, उनले भने, ‘भूकम्पलगायत विभिन्न कारणले यो क्षेत्र जोखिममा परेको हो ।’ टोलीले उक्त क्षेत्रको भौगोलिक अवस्थाको बारेमा अध्ययन अनुसन्धान गर्नुका साथै थप जोखिम हुने अवस्था, निराकरणका उपाय र पहिरोले क्षति पु¥याएका बस्ती स्थानान्तरण गर्नुपर्ने या नपर्ने विषयमा समेत प्रतिवेदन तयार पार्ने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय जलजला गाउँपालिका तथा जिल्लास्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयलगायतको पटक–पटकको अवलोकन र नियन्त्रणको प्रयाससमेत असफल भएपछि भूगर्भविद्को टोली ल्याउनुपरेको प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिए । टोलीको प्रतिवेदनको आधारमा उक्त क्षेत्रको संरक्षणका लागि पहल थालिने छ ।

कुवापानीबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मुलघडेरी, नेपानेका सात परिवार विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा लेदोसहितको पहिरो आउन थालेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

‘पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात परिवार घर छाडेर अन्यत्र गएका छन्’, उनले भने । स्थानीय नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबहादुर कार्कीको परिवार अन्यत्र बसाइँ सरेका छन् । उनीहरूको विचल्ली भएको छ । पाँच परिवार स्थानीय सामुदायिक भवन र आफन्तको घरमा बस्न बाध्य छन् ।

पहाड चिराचिरा परेका कारण पानी परेको समयमा त्यस क्षेत्रको बस्ती जोखिममा छ । कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले ५० रोपनी जमिन बगर बनेको विस्थापित पदम कार्कीले बताए । पहिरोले खेतबारीमा लगाएको मकै, सिमी, कोदो र धान नष्ट गरेको छ ।

पहिरोकै कारण पुर्णगाउँमा रहेको बराहताल पूर्णरुपमा लेदोले पुरेको छ । त्यहाँ रहेका मन्दिरमा पनि क्षति पुगेको छ । यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागी जाने सडकमा पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस