१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान बालीमा सेतो पुतलीको प्रकोप

अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानले लगाएका धानबालीमा पुतली(झिँगा)को प्रकोप बढ्न थालेको छ ।

धान बालीमा सेतो पुतलीको प्रकोप बढ्न थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । कावासोती नगरपालिका क्षेत्रको धान बालीमा पुतलीको प्रकोप बढ्दो क्रममा रहेको नगरपालिकाका कृषि विकाश शाखा प्रमुख शिवनारायण कुमालले बताए । 

“वडानं ७ देखि १७ सम्मका धान बालीमा पुतलीको प्रकोप दैनिकरुपमा बढिरहेको छ”उनले भने, “सावित्री र हाइब्रिड जातका धानमा धेरै क्षति  भएको पाएका छौँ ।”

धान बालीमा सेतो पुतलीको प्रकोप देखिन थालेपछि नगरपालिकाले व्यवस्थापनका लागि अभियान नै चलाएको छ । धान खेतमा पुगेर किसानलाई प्रशिक्षण र व्यवस्थापन विधि सिकाइएको शाखा प्रमुख कुमालले बताए । सेतो पुतलीका कारण धानको पात पहेँलिने समस्या कावासोती र गैँडाकोट नगरपालिकामा जटिलरूपमा फैलिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । 

“जिल्लाका आठ वटा पालिकामध्ये कावासोती र गैँडाकोटको धान बालीमा पुतली र ढुसीको प्रकोप फैलिँदो रहेको पाएका छौँ”, उनले भने । जिल्लामा अहिले सुरुवाती चरणमा रहे पनि दिन प्रतिदिन धान बालीमा क्षति फैलिँदो रहेको प्रमुख लामिछानेले बताए । यसवर्ष नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ ।  जिल्लामा यो वर्ष ७६ हजार नौ सय ५६ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिए पनि पछिल्लो प्रकोपले उत्पादन घट्न सक्नेमा उनको चिन्ता थियो  । 

“यी पुतली प्रायजसो पातको पछाडिपट्टिको सतहमा बस्दछन्”प्रमुख लामिछानेले भने “यो कीराको वृद्धि विकास र क्षति प्राय गरेर चिसो मौसमभन्दा गर्मी मौसममा बढी देखिन्छ । सेतो पुतलीको वयस्कले एकै पटक एक सय ५० वटासम्म सेतो रङ फुल पार्छ। यसको बच्चा अन्डाबाट निस्केपछि एकदेखि तीन हप्तासम्म पातमा टाँसिएर बस्ने गर्दछ ।”

नेपालमा मुख्यतया गोलभेँडा, काँक्रो, भण्टालगायत तरकारी बालीमा यस्तो कीराको प्रकोप देखिए पनि पछिल्लो समय धानमा समेत व्यापक रूपमा क्षति पुर्‍याउन थालेको उनले बताए । यो कीरा वयस्क  हुँदा एक मिलिमिटरभन्दा सानो, शरीर हल्का पहेँलो सेतो तथा पखेटा सेतो देखिन्छ । सङ्क्रमित बिरुवा  चलाउँदा सेता स-साना कीरा उडेको देख्न सकिने र वयस्कले रोगी बिरुवाबाट भाइरसजन्य रोग स्वास्थ्य बिरुवामा सार्नुका साथै एउटै गाँजमा हजारौँको सङ्ख्यामा यसको सङ्क्रमण भएको समेत देखिने प्रमुख लामिछानेले जानकारी दिए  । 

“यो पुतलीको बच्चा र वयस्क दुवै हजारौँ सङ्ख्यामा रही धानका कलिला पातको रस चुसेर  बिरुवालाई कमजोर बनाउँदछ”,उनले भने“बच्चा अवस्थामा यसले गुलियो पदार्थ उत्पादन गर्छ र यसमा कालो ढुसी विकास हुन गई  पातको सतह छोप्दा पातमा प्रकाश संश्लेषण प्रक्रिया अवरुद्ध हुनपुग्दछ ।”

प्रतिक्रिया दिनुहोस