१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्रमा सकारात्मक संकेत देखियो, अब सेयर मार्केट बढ्छ : अर्थमन्त्री महत

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै सेयर मार्केट बढ्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सेयर मार्केटको गिरावट अस्थायी भएको बताउँदै अब बढ्ने बताएका हुन् ।

“सेयर मार्केटको गिरावट अस्थायी हो । अहिले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेका छन् । जस्तो– पर्यटकको संख्या बढेको छ, यसले होटेल र सेवा क्षेत्रमा सकारात्मक प्रभाव परेको छ,” संसद्मा बोल्दै अर्थमन्त्री महतले भने, “बजेट खर्च हुन थालेको छ । मौद्रिक नीतिले वर्किंग क्यापिटलमा सुधार आएको छ । सेयर मार्केटमा केही प्रतिबन्ध खुकुलो र सहजता गर्नुपर्छ भन्ने माग आइरहेको छ, त्यसलाई पनि यथोचित सम्बोधन हुनेछ ।”

“मौद्रिक नीतिले पहिलाको प्रतिबन्धित नीतिलाई खुकुलो गरेको हुनाले यो (सेयर मार्केटको) ट्रेन्ड बढ्छ । र, अर्थतन्त्र चलायमान भएपछि पनि सेयर मार्केट बढ्छ,” सेयर मार्केटमा घाटा व्यहोरेका लगानीकर्ताले अब, नाफा कमाउँ विश्वास व्यक्त गर्दै उनले भने, “आम नागरिकले गरेको लगानीको भाउ अहिले घटेको छ । र, अब फेरि त्यसको भाउ बढेर नाफा हुने कुरामा म पूरै विश्वास गर्न चाहन्छु ।”

यस्तै, उनले कुनै पेशामा लागेका व्यक्तिले पेशालाई नै लत्याएर सेयर मार्केटमा लाग्न नहुने, तर सानोतिनो लगानी गर्दा हुने बताए । उनले भने, “कारोबारमा किनबेच गरिरहँदा आफ्नो पेशालाई नै कम्प्रमाइज गर्नुपर्छ भन्ने छैन । कसको ट्रेन्ड के छ भन्ने थोरै सूचनाका आधारमा लगानी गर्न सकिने कुरालाई अनुचित ठान्नु हुँदैन ।”

प्रतिक्रिया दिनुहोस