९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा दिवस : अबको बाटो

अ+ अ-

प्रत्येक वर्षको भदौ २२ गते निजामती सेवा दिवसको रूपमा मनाइन्छ । निजामती सेवा राज्य सञ्चालनको महत्त्वपूर्ण इन्जिन हो । हाम्रो धर्मशास्त्रमा धर्मराज महाराज यमराजका मुख्य सचिव चित्रगुप्तले सबै बहिखाता दुरुस्त राख्छन्, कसैलाई पनि अन्याय हुन दिँदैनन् भन्ने धार्मिक विश्वास रहेको छ । गैर सैनिक प्रकृतिको तटस्थ व्यवसायीक समूहलाई निजामती सेवा भनिन्छ । यसलाई राज्यको चतुर्थ बाहु पनि भनिन्छ । 

चीनमा सन् (६) सुङ वंशको युगमा अभिभावक कर्मचारीतन्त्र रहेको पाइन्छ । कर्मचारीतन्त्रको विषयमा अध्ययन विश्लेषण गर्ने काम समाजशास्त्री म्याक्सवेबरले गरे । उनले कानुनमा आधारित आदर्श कर्मचारीतन्त्रको परिकल्पना गरे । 

विभिन्न देशमा विभिन्न समयमा योग्यतामा आधारित निजामती सेवाको विकास भएको पाइन्छ । अमेरिकामा लुट तन्त्रको विरुद्धमा योग्यतामा आधारित निजामती सेवा आएको हो । सन् १८८३ मा पेनडेल्टोन एक्ट पास भए पश्चात् आधुनिक निजामती सेवाको विकास भएको हो । बेलायतमा सन् १८५५ पश्चात् योग्यतामा आधारित निजामती सेवाको प्रक्रिया अगाडि बढेको हो । नेपालमा राणा शासन अन्त्य भए पछि निजामती सेवामा सुधार बढेको देखिन्छ । बुच कमिसनको गठन पश्चात् बि.सं. २०१३ भदौ २२ मा निजामती सेवा ऐन जारी भएको हो ।

निजामती सेवा दिवस निजामती ऐन जारी भएको दिनलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिन्छ । बि.सं. २०६१ सालदेखि तत्कालीन मुख्य सचिव डा. विमल कोइरालाको अथक प्रयासबाट निजामती सेवा दिवस मनाउन लागिएको हो । कुनै पनि दिवस मनाउँदा आगामी दिनमा नयाँ ऊर्जा उत्साह दिन सकोस् भन्ने सबैको चाहना रहेको हुन्छ । 

यो वर्षको निजामती सेवा दिवसको नारा व्यवसायीक र सृजनशील प्रशासन : विकास संवृद्धि सुशासन रहेको छ । विगतमा सुरुको समयमा निजामती सेवा दिवसको दिन सरकारबाट राजनीतिक नेतृत्वबाट केही नयाँ कार्यक्रम सुविधाका कुराहरू पनि घोषणा हुने गरेका थिए । कर्मचारी बिमा सन्तति छात्रवृत्ति पुरस्कारको सङ्ख्या बढाउने केही सकारात्मक क्रियाकलाप भएका पनि थिए, जसबाट समग्र निजामती कर्मचारीमा नयाँ ऊर्जा थपिएको पनि हो । विगतका केही निजामती सेवा दिवसको कार्यक्रमहरू हेर्दा बिरालो बाँध्ने परम्परामा सीमित रहेको देखिन्छ । केही अतिरिक्त क्रियाकलाप समारोह पुरस्कारको घोषणामै निजामती सेवा दिवस सीमित भएको देखिन्छ । निजामती सेवा दिवस मनाउने तरिका यसले प्रवाह गर्ने सन्देशमा नयाँपन ल्याउन नसकेमा क्रमशः खल्लो हुँदै जाने देखिन्छ । 

जहाँसम्म निजामती सेवा दिवसको नाराको कुरा छ, अत्यन्त समसामयिक देखिन्छ । निजामती सेवामा व्यावसायिकता आफ्नो पद कार्यप्रति दक्ष प्रतिबद्ध हुनु पर्ने त्यसको साथै निजामती कर्मचारीहरूमा नव प्रवर्तन सृजनशीलताको विकास हुन आवश्यक देखिन्छ । आज राष्ट्रको लागि चाहिने विकास, समृद्धि र सुशासन तीन वटा महत्त्वपूर्ण पक्ष हुन् । तीन वटा विषयका उपलब्धि हासिल गर्न निजामती कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।

नेपाली नागरिकहरूको जीवनस्तर सुधार गर्न विकास अपरिहार्य छ । विकास मात्र भएर पुग्दैन प्रत्येक नेपालीलाई समृद्धि चाहिएको छ । समृद्धिका विभिन्न सूचकहरू तोकिएका छन्, पन्ध्रौँ योजना सोह्रौँ योजनाको अबधाराणा पत्र दिगो विकास कार्य योजना सरकारका वार्षिक नीति तथा कार्यक्रमहरू सबै समृद्धि हासिल गर्ने विषयमा केन्द्रित छन् । नेपाललाई सन २०२६ मा विकसित राष्ट्रको रूपमा स्तरोन्नति गर्ने तयारी भैरहवा समृद्धिका लक्ष हासिल गर्न थप प्रयास गर्नु पर्ने देखिन्छ । 

राष्ट्रको समग्र विकास समृद्धि हासिल गर्न नागरिकलाई सेवा प्रवाह गर्न राज्यको दैनिक कार्य सञ्चालन गर्न सुशासन अति जरुरी छ । सुशासन बहु आयामिक विषय हो । देशमा सुशासनको प्रत्याभूति दिलाउन राजनीतिक नेतृत्व निजामती निजी क्षेत्र अन्तर्राष्ट्रिय निकाय सबैको भूमिका रहन्छ । तर आम नागरिकलाई दिन प्रतिदिन सेवा प्रवाह गर्ने पहिलो भूमिका निजामती कर्मचारीहरूको भएको हुनाले निजामती कर्मचारीहरूको सुशासनको प्रत्याभूति दिने जिम्मेवारी र कर्तव्य हुन आउँछ । निजामती सेवा आफैमा सशक्त भए मात्र नागरिकलाई सुशासनको अनुभूति दिलाउन सक्दछ । निजामती सेवा आफैमा रुग्ण भद्दा हुँदा नागरिकलाई दिने सेवामा पनि असर पर्दछ । निजामती प्रशासन सेवालाई आधुनिक प्रविधिमैत्री पारदर्शी चुस्त दुरुस्त बनाउन जरुरी छ ।

अबको बाटो : निजामती ऐन 

निजामती सेवा दिवस मनाउँदै गर्दा सबैले जप्ने गायत्री मन्त्र निजामती सेवा ऐन शीघ्र चाहियो भन्ने हुन्छ । सामान्य प्रशासन मन्त्रालयमा नयाँ मन्त्री बहाली गर्दा पहिलो वाक्य निजामती सेवा ऐन जारी गर्ने भन्ने हुन्छ । मेरै पालामा शीघ्र ल्याउँछु भन्ने कुरा सधैँ आउने विषय हुन् । तर ऐनको मस्यौदा बनाउँदा बिरालो बाँध्ने हिसाबले छलफल गराइन्छ । मस्यौदा बन्द कोठामा तयार हुन्छ । सरोकारवालाहरूलाई थाहा हुँदैन । 

योग्यता प्रणालीका आधारभूत मान्यता खुला आन्तरिक प्रतिस्पर्धा आन्तरिक बढुवा ज्येष्ठता कार्यसम्पादन मूल्याङ्कन बस्तुनिष्ठ पक्षहरूलाई ध्यानमा राखेर एन आउन आवश्यक छ । निजामती सेवा ऐनलाई प्रशासनिक संविधान पनि भनिएको छ, अर्को तर्फ लघु संविधान पनि भनिएको छ । संविधानले तीन तहको सरकारको परिकल्पना गरेता पनि विगतका दुई निर्वाचन सम्पन्न भई सक्दा देखिएको भोगिएको समस्या तीन तहको सरकारबिच समन्वय सहकार्य गर्न प्रशासनिक संयन्त्र जरुरी छ । ऐन द्वारा सरकारका तहबिच प्रशासनको समन्वय सञ्चार नियन्त्रण निर्देशन दिने व्यवस्था बनाउन जरुरी छ, उक्त कुरा अब आउने ऐनमा राख्न अति जरुरी छ ।

कर्मचारी बिचको विभेदको अन्त्य संविधानले तीन तहको सरकारको व्यवस्था गरेको भएता पनि समायोजन ऐनले जुन कर्मचारी जहाँ समायोजन भयो, त्यहाँबाट अन्यत्र जान नपाउने निरङ्कुश व्यवस्था गरे पश्चात् कर्मचारीहरूमा अत्यन्त ठुलो विभेद भएको छ । खास गरी सङ्घमा बस्ने कर्मचारीहरू विशिष्ट किसिमका प्रदेश र स्थानीयमा रहेका कर्मचारीहरू फरक किसिमका भन्ने मनोविज्ञान परेको छ । अब आउने ऐनमा तीन तहका कर्मचारीहरू मनोवैज्ञानिक विभेद कम गराउने राष्ट्रका सबै कर्मचारीहरू एकै हुन् भन्ने हिसाबले व्यवस्था हुन जरुरी छ । लोक सेवा पास गरेका कर्मचारीहरू करार सेवा, अस्थायी ज्यालादारी कर्मचारीहरू बिच पनि विभेद छ । एक कार्यालय सञ्चालन गर्न सुरक्षा गार्ड, मालि, कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म सबैको भूमिका हुन्छ । सेवा सुविधा सुरक्षाको हिसाबले विभेद छ । सकेसम्म मानवीय पुँजी व्यवस्थापनको सिद्धान्तलाई मध्यनजर गरेर कर्मचारीहरू बिचको विभेद न्यून गर्ने ऐन कानुनमै व्यवस्था गर्न जरुरी छ ।

समायोजन सच्याउने विगतमा हतारमा फास्ट ट्र्याकमा संविधान जारी भयो । जसरी फास्ट ट्र्याकमा संविधान जारी भयो त्यसैगरी द्रुत गतिमा कर्मचारी समायोजन गरेर भाइरल हुने अति लोकप्रिय हुने महत्त्वाकाङ्क्षा केही तत्कालीन मन्त्री र प्रशासनिक नेतृत्वलाई भयो । समायोजन नामको अध्यादेश ल्याइयो त्यसमा तत्कालीन सत्ता नजिक रहेका ट्रेड युनियनका पदाधिकारीहरूले थप सहयोग गरे कर्मचारीहरूलाई वैकल्पिक अवसर नदिएर निरङ्कुश शैलीमा समायोजन गरेको घोषणा गरियो, त्यसको असर अहिले सम्म यथावत् रहेको छ । समायोजनमा मर्का परेका समायोजनमा गएका कर्मचारीहरूलाई स्थानीय प्रदेश सङ्घमा निश्चित मापदण्डको आधारमा सरुवा हुने व्यवस्था बढुवा हुने व्यवस्था संघ, प्रदेशका विज्ञापनहरूमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेमा मात्र विगतमा भएका कमजोरीहरूलाई व्यवस्थापन हुने छ ।

निजामती सेवा दिवस मनाउँदै गर्दा समग्र निजामती प्रशासन आम नागरिकलाई नयाँ उत्साह ल्याउन निजामती सेवामा भएका कमिकमजोरीहरुलाई सच्याउने नागरिकलाई छिटो छरितो सेवा प्रवाह गरेमा मात्र दिवसको सार्थकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस