९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२४ गते बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित

अ+ अ-

काठमाडौँ । ‘बिजनेस’ विहीन भएपछि भदौ २४ गते बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।

आइतबारका लागि बोलाइएको बैठक सरकारले बिजनेस नदिएका कारण स्थगित भएको हो ।

शुक्रबार संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना जारी गरी बैठक स्थगित भएको जानकारी दिएका हुन् । सूचनामा राष्ट्रिय सभाको बैठक कारणवश स्थगित भएको जनाइएको छ ।

सूचनामा भनिएको छ, ‘मिति २०८० साल भदौ २४ गते आइतबार बिहान ११ : ०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने एजेन्डा नभएकाले अनिश्चितकालका लागि बैठक स्थगित गर्न परेको बताएका छन् । बिजेनस नभएको भन्दै राष्ट्रिय सभा बैठक आइतबार राखिएको थियो ।

प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिमा अड्किएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयक आउन सक्ने आकलन गरेर आइतबार राष्ट्रिय सभाको बैठक राखिएको थियो । समितिको मङ्गलवार बसेको बैठकले उक्त विधेयक एक साताभित्र उपसमितिबाट टुङ्ग्याउने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा सुरु भएको आठ महिनामा सरकारले सम्पत्ति शुद्धीकरण, संवैधानिक परिषद्, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक मात्रै ल्याएको छ ।

त्यस्तै राष्ट्रिय सभामा यही अवधिमा विद्युतीय व्यापार विधेयक मात्र दर्ता गरिएको छ । पछिल्लो आठ महिनामा दुवै सदनबाट आर्थिक विधेयकबाहेक मिटरब्याजसम्बन्धी एउटा मात्र विधेयक पारित भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले संसद्लाई प्राथमिकतामा नराखेकै कारण बिजनेसविहीन भएको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस