७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पृतनापति समन्वयात्मक बैठक-२०८० सम्पन्न

अ+ अ-

काठमाडौँ । भाद्र २१ गतेदेखि जङ्गी अड्डामा सञ्चालन भएको दुई दिने पृतनापति समन्वयात्मक बैठक-२०८० आज (शुक्रबार) सम्पन्न भएको छ ।

बैठकमा सहभागीहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको परिस्थितिको विश्लेषण, अपरेशनल अवस्था लगायत प्रधान सेनापति समक्ष गरेको कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, सञ्चालित तालिमहरूको प्रभावकारिता तथा अघिल्लो पृतनापति समन्वयात्मक बैठकको मिनट्समा उल्लेख भएका विषयहरूको प्रगति सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । 

समापनको अवसरमा सहभागीहरूलाई सम्बोधन गदै प्रधान सेनापति महारथी प्रभुराम शर्माले बैठकले समग्र देशको परिस्थितिलाई बुझेर आईपर्न सक्ने चुनौतीहरूको पहिचान गरी सोको सामना गर्न अपनाउनु पर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताए।

आगामी कार्यहरू थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन बैठक सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्दै प्रधान सेनापतिले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी उपलव्धिहरुको लागि पृतनापतिहरूलाई धन्यवाद दिए । उनले बैठकमा भएका छलफललाई तल्लो दर्जा र इकाईसम्म प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान सहभागीहरूलाई निर्देशन दिए ।

प्रधान सेनापतिले अनुशासन तथा जबाफदेहिताको महत्त्वबारे सहभागीहरूलाई स्मरण गराउँदै सम्बद्ध निकायहरूसँग प्रभावकारी समन्वय राख्दै प्राप्त सबै जिम्मेवारी स्तरीय ढङ्गले निर्धारित समयमा पूरा गर्न निर्देशन दिए । नेपाली सेना, नेपाली जनताको आस्था र भरोसाको धरोहर हो भन्ने कुरालाई मनन् गर्दै जनताको यो विश्वासलाई कायम राखी रहन संस्थाका सबैले व्यक्तिगत तथा सामूहिक ढङ्गले प्रयत्न गरिरहने कुरामा आफू विश्वस्त रहेको बताए ।

पृतनापतिहरूलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरू तथा सम्बन्धित बाहिनीपतिहरुको उपस्थिति रहेको उक्त समन्वयात्मक बैठकमा भएका प्रस्तुतीकरण र छलफलबाट प्राप्त राय सुझावहरूले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस