९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले सहमति तोडे शिक्षक चुप लागेर नबस्ने चेतावनी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष पाण्डव हमालले सरकारले आफूहरूसँग गरेको १० बुँदे सहमतिको अवमूल्यन गरे शिक्षकहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

शुक्रबार दाङको तुलसीपुरमा नेशनल प्याब्सन दाङको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरूले उठाएका मुद्दालाई स्थापित गर्न कुनै पनि कुराबाट पछि नहट्ने समेत बताएका हुन् । 

सरकारले एकलौटी रूपमा शिक्षा विधेयक पारित गर्न खोज्दा आन्दोलन गरेपछि सरकारले आफूहरूसँग १० बुँदे सहमति गरेको पनि उल्लेख गरे। उनले भने, ‘देशभर रहेका निजी विद्यालयकोअरबौँको लगानी भएको छ। हामीले पनि समय र जीवन पनि यसैमा खर्च गरेका छौँ।’

यसैगरी उनले एनप्याब्सनले विद्यालय र विद्यार्थी केन्द्रित कार्यक्रम ल्याएको भन्दै यो कुराको अवमूल्यांकन नगर्न उनले चेतावनी दिए।  

यस्तै हिजो मात्र फेरि सरकारले शिक्षा विधेयक आफूहरूसँग गरेको सहमतिअनुसार नभई पहिलेको जस्तै गरी अगाडि बढाउन खोजेको भन्ने सुनेको भन्दै उनले आफूहरू चुप लागेर नबस्ने समेत बताए। उनले छिटै सरकारसँग छलफल गर्ने समेत बताए। 

उनले भने, ‘सहमति कार्यान्वयन नभए अब शिक्षकहरू सहज रूपमा सिंहदरबार आउने छैनन्।’  उनले यसअघि विचार र साङ्गठनिक लडाइँ लडेको भन्दै सरकारले आफ्ना माग सम्बोधन गर्न बलमिचाइँ गरे देशभरका विद्यालयहरू एकजुट भएर आन्दोलन गर्न बाध्य हुने समेत बताए।

नगर, जिल्ला र प्रदेशका लगायत सबैको सहयोगमा पहिलो चरणको आन्दोलन सफल भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस