८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा शिव शिखर सहकारी पीडितलाई उजुरी गर्न अपिल

अ+ अ-

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ ।

एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुमार गुरुङले बताए । 

“सहकारी विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा असार १७ गतेदेखि अनुसन्धान भइरहेको छ”, उनले भने, “मुुद्दा दर्ता भएको ९० दिनसम्म अनुसन्धानको अवधि रहने हुँदा अन्य बचतकर्तालाई समयमै जाहेरी दरखास्त दर्ता गर्न अपिल गरेका छौँ ।”

भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौलसटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुनासो गरेका छन् । सहकारीले २०७९ वैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो ।

सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत सङ्कलन गरेको सहकारीले छ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो । बेनीको न्यूरोडमा करिब रु छ करोडमा सात आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो ।

बचतकर्ता सेयर सदस्यको करिब रु छ करोड ५० लाख सहकारीमा निक्षेप रहेको अनुमान गरिएको छ । पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ता निराश हुँदै फर्किने गरेका छन् । निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारीविरुद्ध उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस