११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच जिल्लाका सिडिओसहित १० सहसचिवको सरुवा, अध्यागमनको महानिर्देशकमा तामाङ

अ+ अ-

काठमाडौँ । पाँच जिल्लाका सिडिओसहित १० सहसचिवको सरुवा गरिएको छ । गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत सहसचिवसहित दाङ, भक्तपुर, महोत्तरी,बागलुङ र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । 

प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभाग कालीकास्थान काठमाडौँको महानिर्देशक बनाई पठाइएको छ भने तामाङको ठाउँमा सहसचिव जय नारायण आचार्यलाई सरुवा गरिएको छ । आचार्य गृह मन्त्रालयमा कार्यरत थिए । अनुभव र कार्यक्षमताका हिसाबले विभागमा आचार्यको चर्चा चले पनि अन्तिममा तामाङले बाजि मारेका छन् । 

तत्कालीन महानिर्देशक झलकराम अधिकारी सुन काण्डमा मुछिएसँगै मन्त्रालय तानिएपछि रिक्त विभागले लामो रस्साकस्सी पछि महानिर्देशक पाएको हो ।

प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीलाई दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाइ पठाइएको छ भने दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा ल्याइएको छ । उनी पनि व्यवस्थापन र समन्वयमा दखल राख्ने सहसचिवका रूपमा चिनिन्छन् । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको प्रजिअ भरतमणि सुवेदीलाई गृह मन्त्रालय ल्याइएको छ भने मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको सिडिओ बनाइएको छ । ललितपुर महानगरबाट गृह प्रवेश गरेका अर्याल निर्णय क्षमतामा अब्बल प्रशासकका रूपमा लिइन्छन् । ललितपुर महानगरमा लामो समय बसेका अर्यालले विवादरहित तवरले काम गरेका थिए । 

मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रजिअ र बागलुङकी प्रजिअ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको प्रजिअमा खटाइएको छ। यससँगै महोत्तरीका प्रजिअ दीपक कुमार पहाडी र भक्तपुरका प्रजिअ खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस