१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रातारात गरिएको सरुवामा अध्यक्षको आपत्ति, फिर्ता पठाइए प्रमुख प्रशासकीय अधिकृत 

अ+ अ-

काठमाडौँ । कालीगण्डकी गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ । रिक्त नै नभएको अवस्थामा आफूसँग समन्वयसमेत नगरी पठाएको भन्दै पालिकाले शाखा अधिकृत राजीव रिमाललाई मन्त्रालयमा नै काज फिर्ता गरेको हो । 

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले संघीय मामिला तथा प्रशासन मन्त्रालयमा नै काज फिर्ता गरिएको पत्रमार्फत जनाएका छन् ।  

‘तीन तहको सरकारमध्ये सबैभन्दा बढी प्रत्यक्ष रूपमा जनतासँग जोडिएको सरकारसँग सल्लाह नै नगरी कामकाजमा खटाइएको विषयमा हाम्रो गम्भीर आपत्ति रहेकोले मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई कार्यालयमा राखी कामकाजमा खटाउन असमर्थ भएकाले उहाँलाई हाजिर नगराई फिर्ता पठाइएको ब्यहोरा जानकारी गराइन्छ’ पत्रमा भनिएको छ । 

मन्त्रालयले भदौ ४ गते रिमाललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको थियो । 

‘तीन गतेसम्म हाम्रो पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छैन, राति १२ बजे खाली गरेर उहाँलाई रोजाएको छ’, अध्यक्ष थापाले भने, ‘एक वर्ष नै नपुगेको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको छ, त्यसबारे पनि अफिस समयमा खबर नगरी पठाउँदा कसरी हाजिर गराउने ?’ 

कम्तीमा दुई वर्षसम्म प्रमुख प्रशासकीय अधिकृत नचलाई दिन मन्त्रालयसँग गरेको अनुरोध बेवास्ता गरेको भन्दै अध्यक्ष थापाले स्थानीय तहलाई थप अस्थिर बनाउने काम भएको बताए । आफूले मन्त्री, सचिव, सहसचिव, उपसचिवलाई भने पनि नटेरेपछि आज पत्र नै पठाएर फिर्ता गर्नुपरेको बताए । 

पालिकामा काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयलाई तीन गते राती सरुवा गरेर चार गते अर्को प्रमुख प्रशासकीय अधिकृत खटाएको उनको भनाई छ । पाण्डेयलाई पनि ताकेता गराइएसँगै आइतबार(हिजो) मात्रै रमाना भएर मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा गई सकेका छन् । 

‘खाली नभएको ठाउँमा खटाउन सक्दैन तर जहाँ कार्यरत छ त्यहाँ राति १२ बजे खाली गरेर पठाउनु पर्छ त ?’ अध्यक्ष थापाले आक्रोश पोख्दै भने ‘चोर हो र प्रमुख प्रशासकीय अधिकृत रातारात निर्णय गर्न पठाउनलाई ।’

प्रतिक्रिया दिनुहोस