काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा प्रहरी प्रभाग बुढानीलकण्ठ काठमाडौँमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सिंहविरुद्ध रु. एक लाख बिगो कायम गरी आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
वरिष्ठ हवल्दार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस-रिसवत लिएको अख्तियारको दाबी छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सिंहले सेवाग्राहीसँग रु. एक लाख घुस लिएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा सोही दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय हुन मागदावी लिई आज मुद्दा दायर गरिएको छ।