१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको नेतृत्वमा १० जनाको प्रतिनिधिमण्डल जाने तय

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री को नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलका सदस्यको संख्या बढीमा १० जना हुने भएको छ । यसअघि प्रधानमन्त्री कार्यालयको निर्देशनमा तयार पारिएको सूचीमा २४ जना सदस्यको नाम राखिएको थियो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रमणमा प्रतिनिधि मण्डलमा अनिवार्य आवश्यकता बाहेक सूचीमा रहेका सदस्यको आकार घटाउन निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयले बढीमा १० जना हुने गरी नयाँ सूची तयार पारेको हो ।

यस्तै अमेरिकाबाट न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापासहितका अधिकारीहरू र वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासबाट राजदूत श्रीधर खत्रीसहित अन्य अधिकारीहरू गरी थप १४ जना प्रतिनिधि मण्डलमा जोडिनेछन् ।

यससँगै महासभामा नेपालको तर्फबाट सहभागिता जनाउने प्रतिनिधि मण्डलको संख्या २४ जना हुनेछ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीसँगै उनको सचिवालयका दुई जना सुरक्षाकर्मी, स्वकीय सचिव गङ्गा दाहाल र फोटोग्राफर प्रदीपराज वन्त रहने छन् ।

यस्तै परराष्ट्र मन्त्रालयबाट मन्त्री एनपी साउद मंगलबार नै पूर्व तयारीका लागि न्यूर्योक प्रस्थान गरिसकेका छन् । उनीसँग उनका स्वकीय सचिव दीपकराज जैशी पनि न्यूर्योक गएका छन् । प्रधानमन्त्रीसँग परराष्ट्रबाट सचिव भरतराज पौड्याल, चिफ अफ प्रोटोकल दिलीप कुमार पौडेल र थप एकजना प्रोटोकल अधिकृत पनि रहनेछन् ।

प्रधानमन्त्री नेतृत्वको बाँकी प्रतिनिधि मण्डलमा ३० भदौमा महासभाको ७८ औँ सभामा सहभागी हुन न्यूर्योक प्रस्थान गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले महासभामा नेपालका तर्फबाट ४ असोजमा सम्बोधन गर्नेछन् ।

त्यसपछि ५ असोजमा प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सीधै चीन प्रस्थान गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस