९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवाका स्थानीय अस्पतालमै उपचार सेवा

अ+ अ-

रसुवा । बिरामी भई उपचारार्थ रसुवा अस्पताल पुग्ने बिरामीले अब स्थानीयस्तरमै उपचार पाउन थालेका छन् । जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक औषधि एवं दक्ष चिकित्सकको व्यवस्था गरेपछि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने परिपाटी न्यून हुँदै गएको छ।

विगतमा स्रोत साधनको अभाव दर्साउँदै बिरामीलाई काठमाडौँ लैजान सिफारिस गर्ने परिपाटी क्रमशः अन्त्य हुन थालेको छ । हाल यहाँ ओपिडीसमेतका संरचना तयार भएका छन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहका अनुसार पछिल्लो समय ठूलै समस्या भएका बिरामीलाई मात्र उपचारका लागि काठमाडौँ पठाउने गरिएको छ । अधिकांश बिरामीलाई स्थानीयस्तरमै उपचार गरी घर फर्काउने गरिएको छ ।

विगतमा अस्पतालमा दक्ष जनशक्तिको अभाव थियो । सघन उपचार कक्षको व्यवस्थापन हुन सकेको थिएन । जिल्ला अस्पतालमा बिस्तारै सुधार हुँदै गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । प्रायः बिरामीलाई सिटामोल र सामान्य चक्की मात्र दिएर पठाउने अस्पतालले पछिल्लो समय शल्यक्रियाबाट प्रसूति सेवा प्रदान गर्दै आएको छ ।

उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षको वैशाखदेखि चालु आवको भदौ २४ गतेसम्म बहिरङ्ग कक्षबाट दुई हजार आठ सय र अन्तरङ्ग कक्षबाट एक सय ४४ जनाले उपचार पाएका छन् । यसैगरी आकस्मिक सेवाअन्तर्गत पाँच महिनाको अवधिमा चार सय २० जनाको उपचार गरिएको डा शाहले बताए ।

उपचार गर्न आउने बिरामीमा दम, मधुमेह, उच्च रक्तचाप, बाथ, हाडजोर्नी, मानसिक समस्या, पेट दुख्नेजस्ता समस्या बढी रहेको पाइएको छ । जिल्ला अस्पतालबाट स्वास्थ्य बिमा गराउनेको सङ्ख्या भने ६१ जना मात्र रहेको छ । यसबारे जनचेतना जगाउने काम भइरहेको अस्पताल विकास समितिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस