७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५५ उपसचिवको सरुवा, फेरिए प्रमुख कर अधिकृत

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले ठुलो सङ्ख्यामा उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले मङ्गलवार(हिजो) राति आन्तरिक राजश्व विभाग, ठुला करदाता, मध्यम स्तरीय करदाता, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत उपसचिव स्तरीय कर्मचारीहरूको सरुवा गरेको छ ।

सरुवाका क्रममा उपत्यकालगायत देशभरका महत्त्वपूर्ण मानिएका राजश्व कार्यालयहरूको प्रमुख कर अधिकृतहरूको पनि अदली बदली गरिएको छ । उपत्यकास्थित त्रिपुरेश्वर, वानेश्वर, ठमेल, बत्तिस पुतलीलगायत आन्तरिक राजश्व कार्यालयहरूको प्रमुखका लागि ठुलै रस्साकस्सी मात्रै होइन, बढाबढ नै चल्ने गर्छ । त्यसै गरी ठुलालगायतमा पनि सामान्य कर्मचारीको पहुँच पछिल्लो अवधिमा पुगेको देखिँदैन ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार इन्द्र बहादुर देवकोटा अर्थ मन्त्रालयबाट ठुला करदाता कार्यालय, ऋषिराम पोखरेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट मध्यमस्तरी करदाता कार्यालय, ऋषिराम अधिकारी ठुला करदाता कार्यालयबाट अर्थ मन्त्रालय, कमला खरेल सार्वजनिक वित्त व्यवस्थापनबाट आन्तरिक राजश्व कार्यालय, केशव कुमार उप्रेती मध्यम स्तरीय करदाता कार्यालयबाट अर्थ मन्त्रालय, गणेश प्रसाद नेपाल आन्तरिक राजश्व विभागबाट ठुला करदाता कार्यालयमा सरुवा भएका छन् ।

यसै गरी मध्यम स्तरीय करदाताका गुण राज सुवेदी भन्सार जाँच पास परीक्षण कार्यालय, गौरीशङ्कर उपाध्याय आन्तरिक राजश्व कार्यालय धनगढीबाट अर्थ मन्त्रालय, चूडा राज सापकोटा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट आन्तरिक राजश्व कार्यालय जोरपाटी, जगदीश्वर उपाध्याय आन्तरिक राजश्व कार्यालय त्रिपुरेश्वरबाट अर्थ मन्त्रालय, टङ्कनाथ लम्साल मध्यम स्तरीयबाट आन्तरिक राजश्व विभाग, टिकाराम भुसाल ठुला करदाताबाट अर्थ मन्त्रालय, तीर्थ राज बराल आन्तरिक राजश्व कार्यालय डडेलधुराबाट अर्थ मन्त्रालय, दिलीप कुमार अधिकारी आन्तरिक राजश्व कार्यालय ठमेलबाट ठुला करदाता कार्यालय, दिलीप कुमार गौतम अर्थ मन्त्रालयबाट आन्तरिक राजश्व कार्यालय भक्तपुर, दुर्गादत्त भण्डारी आन्तरिक राजश्व कार्यालय बत्तिस पुतलीबाट आन्तरिक राजश्व विभाग, देव नारायण पौडेल ठुला करदाता कार्यालय ललितपुरबाट अर्थ मन्त्रालय, नवराज पन्थी अर्थ मन्त्रालयबाट आन्तरिक राजश्व कार्यालय ललितपुर, मित्रलाल अधिकारी आन्तरिक राजश्व विभागबाट मध्यम स्तरीय करदाता कार्यालय बबरमहलमा सरुवा भएको विवरण प्रशासन ब्युरोलाई प्राप्त भएको छ ।

त्यस्तै मिमार्स अधिकारी आन्तरिक राजश्व कार्यालय कलङ्कीबाट अर्थ मन्त्रालय, मुकुन्द पोखरेल ठुला करदाता ललितपुरबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वर, मोहन सिंह बस्नेत अर्थ मन्त्रालयबाट आन्तरिक राजश्व कार्यालय धनगढी, यमबहादुर कार्की मध्यम स्तरीय करदाता कार्यालय बबरमहलबाट आन्तरिक राजश्व विभाग, युवराज श्रेष्ठ अर्थ मन्त्रालयबाट आन्तरिक राजश्व कार्यालय बत्तिस पुतली, राजकुमार अधिकारी आन्तरिक राजश्व विभागबाट आन्तरिक राजश्व कार्यालय चाबहिल, राजु प्रसाद प्याकुरेल आन्तरिक राजश्व विभागबाट आन्तरिक राजश्व कार्यालय त्रिपुरेश्वर र विमल सापकोटा आन्तरिक राजश्व विभागबाट ठुला करदाता कार्यालय हरिहर भवनमा सरुवा भएको छ ।

विमला अधिकारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट आन्तरिक राजश्व कार्यालय ठमेल, बोलराज आचार्य आन्तरिक राजश्व कार्यालय कालीमाटी काठमाडौँ आन्तरिक राजश्व विभाग, सङ्गीता घिमिरे सुवेदी मध्यम स्तरीय करदाता कार्यालयबाट आन्तरिक राजश्व विभाग, सुनिल कुमार यादव ठुला करदाता कार्यालय ललितपुरबाट अर्थ मन्त्रालय सुब प्रसाद रिजाल आन्तरिक राजश्व कार्यालय चन्द्रगढीबाट आन्तरिक राजश्व कार्यालय जुम्ला, हरिप्रसाद तिमल्सिना आन्तरिक राजश्व कार्यालय सुर्खेतबाट आन्तरिक राजश्व कार्यालय धुलिखेल, हरि बस्याल आन्तरिक राजश्व विभागबाट मध्यम स्तरीय करदाता बबरमहल, हरिश्चन्द्र ढकाल अर्थ मन्त्रालयबाट मध्यम स्तरीय करदाता कार्यालय बबरमहल, अर्जुन ढकाल आन्तरिक राजश्व कार्यालय ललितपुर १ बाट आन्तरिक राजश्व विभाग, उमेश श्रेष्ठ अर्थ मन्त्रालय काठमाडौँबाट भन्सार विभाग त्रिपुरेश्वर काठमाडौँमा सरुवा भएका छन् ।

यस्तै कपिल प्रसाद सुवेदी अर्थ मन्त्रालयबाट आन्तरिक राजश्व कार्यालय सुर्खेत, कृष्णचन्द्र काफ्ले अर्थ मन्त्रालयबाट आन्तरिक राजश्व कार्यालय भद्रपुर, खिमबहादुर कुँवर अर्थ मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, खेमनारायण रेग्मी आन्तरिक राजश्व कार्यालय जुम्लाबाट मध्यम स्तरीय करदाता कार्यालय, काठमाडौँ, गोविन्द राज आचार्य आन्तरिक राजश्व कार्यालय धरानबाट आन्तरिक राजश्व कार्यालय नयाँ वानेश्वर काठमाडौँ, जनार्दन आचार्य आन्तरिक राजश्व कार्यालय टंगालबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, जीवननाथ ज्ञवाली आन्तरिक राजश्व विभागबाट मध्यम स्तरीय करदाता कार्यालय, बबरमहल, ज्ञानुहरी पन्थी आन्तरिक राजश्व कार्यालय कावासोतीबाट आन्तरिक राजश्व कार्यालय कलङ्की, डिल्लीराज लेखक आन्तरिक राजश्व कार्यालय धुलिखेलबाट सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, ताराप्रसाद सापकोटा अर्थ मन्त्रालयबाट सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा भएका छन् ।

यसै गरी दिव्य राज पोखरेल मध्यमस्तरी करदाता कार्यालय बबरमहलबाट अर्थ मन्त्रालय, देवानन्द काफ्ले आन्तरिक राजश्व कार्यालय वानेश्वरबाट अर्थ मन्त्रालय, यमराज पाण्डे त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँबाट आन्तरिक राजश्व कार्यालय कालीमाटी, रमेश शर्मा आन्तरिक राजश्व कार्यालय पोखराबाट अर्थ मन्त्रालय, राम प्रमोद यादव आन्तरिक राजश्व कार्यालय चाबहिलबाट अर्थ मन्त्रालय, रामबहादुर केसी अर्थ मन्त्रालयबाट ठुला करदाता कार्यालय हरिहर भवन काठमाडौँ, वसन्त राज तिवारी अर्थ मन्त्रालयबाट मध्यम स्तरीय करदाता कार्यालय बबरमहल काठमाडौँ र शिव शर्मा अर्थ मन्त्रालयबाट आन्तरिक राजश्व कार्यालय पोखरा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस