७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै जान थालेका छन् ।

जुटको विकल्पका रूपमा प्लास्टिका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन ।“विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए” कृष्णपुर नगरपालिका-५ का किसान रामकृष्ण चौधरीले भने, “हाल बजारमा प्लास्टिका डोरी सहज रूपमा पाउन थालेपछि जुट खेती गर्न किसानले छाडेका छन् ।”

खेतमा रोपेको जुट काटेर पानीमा कुहाने, कुहिएर गन्हाएको जुटका धर्सा निकाल्ने, पानीमा सफा गरेर सुकाउने र डोरी बनाउनुपर्ने झन्झट युवाले गर्न नमान्ने भएकाले पनि यसको खेती हुन छाडको उनको भनाइ रहेको छ । जुट कुहाउन प्रयोग हुने ताल तलैया, खोला, सार्वजनिक पोखरी मासिँदै गएकाले पनि किसानलाई समस्या भएको छ ।

घरमा रहेका चौपायालाई रोडमा लगेर छाडा छाड्ने कार्यले पनि विगतको जस्तो डोरीको अभाव नखड्किँदा जुट खेती हुन छाडेको शुक्लाफाँटा नगरपालिका- ३ का किसान भीमबहादुर डगौराले बताए ।“विगतमा बजारबाट आज जस्तो डोरी खरिद गरेर ल्याउनुपर्ने झन्झट थिएन” उनले भने, “सबैका खेतमा जुटखेती हुन्थ्यो, खेती लगाएर फुर्सदिला भएकाले डोरी बनाउने गर्दथे, वर्षभरिका लागि चौपाया बाध्न, घाँस बोक्न र अन्य घरायसी प्रयोजनका लागि डोरी बनाइथ्यो, आत्मनिर्भर थियौँ, हाल डोरीका लागि पनि परनिर्भर भएका छौँ ।”

जुट खेतीलाई प्रोत्साहित नगरिँदा किसानले लगाउन छाड्दै गएको उनको बुझाइ रहेको छ । यहाँका किसानले परम्परागत रूपमा गर्दै आएको जुट खेतीलाई व्यवसायीकरण नगरिँदा किसानको आकर्षण घट्दै गएको किसान बताउछन् । बुढापाकाले डोरी बाट्ने कार्य गर्दै आए पनि त्यो सीप युवाहरूले ग्रहण नगर्दा जुट खेतीनै ओझेलमा परेको असैनाका किसान सुग्रिव रानाले बताए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशी कैलाली कञ्चनपुरमा हाल किसानले जुट खेती गर्न छाडेकाले प्रोत्साहनका कुनै पनि कार्यक्रम नरहेको बताउछन् ।“जुट खेतीका लागि किसानबाट प्रोत्साहन गर्ने अनुदानका कार्यक्रमका लागि माग आएको छैन” उनले भने, “किसानबाट माग आए त्यसका लागि पनि कार्यक्रम बनाउछौँ ।”

प्रतिक्रिया दिनुहोस