११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेस्रो युवा उद्यमशीलता सम्मेलनको टाइटल स्पोन्सरमा वाणिज्य बैंक, प्रधानमन्त्रीले समुद्घाटन गर्ने

अ+ अ-

काठमाडौँ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी गर्ने भएको छ । सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो शिखर सम्मेलनमा पनि राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको थियो ।

तेस्रो शिखर सम्मेलनको यही भदौ ३० गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री, युवा तथा खेलकुदमन्त्री, योजना आयोगका उपाध्यक्ष, वरिष्ठ उद्यम डा. उपेन्द्र महतो, चन्द्र ढकाल, भवानी राणालगायत २० भन्दा बढी वक्ताका रूपमा रहेका छन् ।

सम्मेलनमा सहकार्यबारे राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको समउपस्थितिमा सम्मेलन मूल आयोजक कमिटीका संयोजक विशाल गैरे र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समझदारी पत्रमा बुधवार हस्ताक्षर गरेका छन् ।

उद्यमी बन्न युवाहरूलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरूलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० का निमार्ण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धिमूलक हुने आयोजक संस्था राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

समझदारी कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले पछिल्लो वित्तीय चुनौतीको सामनाका लागि युवाहरूलाई आर्थिक क्रियाकलापमा सहभागी गराउँदै स्वदेशमै स्वरोजगारको वातावरण निमार्ण गर्नुपर्ने बताए । उनका अनुसार वाणिज्य बैंकले युवा, महिला, कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी बढाएको र प्राथमिकताका साथ लोन प्रवाह गरेको जानकारी दिए ।

त्यसैगरी नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)का अध्यक्ष समेत रहेका सम्मेलनका संयोजक विशाल गैरेले ७० जिल्लामा ५०० युवा उद्यमीहरू शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिए ।

प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो वर्षको सम्मेलनमा “युवा नवप्रवर्तन : लगानी र समृद्धि” भन्ने मूल नारा तय गरिएको छ । यो सम्मेलन कोभिड-१९ र पछिल्लो वित्तीय चुनौतीको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवर्द्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरूको आकर्षण बनाउनका लागि, युवा उमेर समूहका उद्यमी बन्न चाहने युवाहरू, उद्यम गरिरहेका युवाहरू र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबिचको उच्चस्तरीय नेटवर्किङ र लगानी सम्झौताका लागि र युवाहरूमा वित्तीय पहुँच, सरकारी नीति, कर नीति, स्टार्टअप प्रोग्राम, स्टोरी सियरिङ, समूहगत छलफल, र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरूको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो शिखर सम्मेलन महत्त्वपूर्ण हुने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस