काठमाडौँ । असईको फुली लगाएपछि नगर प्रहरीका ४२ जना हवलदार निलम्बनमा परेका छन् । काठमाडौँ महानगरपालिकाले २५ असारमा नगर प्रहरी हवलदारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो ।
सोही बढुवालाई हवलदारले आफूहरू असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि महानगरपालिकाले कारबाहीस्वरुप निलम्बन गरेको हो ।
महानगरपालिकाले उनीहरू बढुवा भएर असई नभई सकेको जनाउँदै प्रमुख प्रशासकीय अधिकृतले मात्रै दर्ज्यानी चिह्न वितरण गर्ने अधिकार भएकाले आधिकारिक कार्यक्रम मात्रै गरेर बाँड्ने भएको जनाएको छ ।
आफूहरू बढुवा भएको दुई महिना भइसक्दा पनि महानगरपालिकाले दर्ज्यानी चिह्न नलगाइदिएका कारण अभिभावक मार्फत फुली लगाएको नगर प्रहरीको भनाई छ ।