काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुनको मूल्य एक लाख ११ हजार २०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी भने तोलामा पाँच रुपैयाँले घटेर एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।