काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले साबिकदेखि हुने गरेको अनियमितता रोक्न सुझाव दिएका छन् ।
जनमतबाट मन्त्री बनेकी शाहलाई मन्त्रालयमा साबिकदेखि हुने गरेको अनियमितता रोक्न छलफलपछि ६ सुझाव दिएका हुन् ।
उनले निजामती कर्मचारीहरूको कल्याण र भ्रष्टाचाररहित सार्वजनिक प्रशासन नै आफूहरूको उद्देश्य भएकाले मन्त्रालय परिसरमा चलखेल रोक्न सिसिटिभी जडान गर्ने, बिचौलियाको प्रवेश रोक्ने र कसैले कसैसँग पैसा लिएर सरुवा बढुवा गर्ने चलखेल रोक्न सुझाएका छन् ।
उनले भनेका छन्, ‘कुनै बिचौलिया, कर्मचारी वा जोसुकैले सेवाग्राहीसँग सरुवा बढुवाको लागि पैसा मागेको छ भने ठोस प्रमाणसहित हामीलाई जानकारी गराउनुस् ।’
पैसा कमाउने नियतले नै रहेका मन्त्रालयका कर्मचारीहरूलाई अन्यत्र सरुवा गर्न भनेका छन् । इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाको लागि पहल गर्ने, निजामती सेवा ऐनमा समेट्नु पर्ने वा संशोधन गर्नुपर्ने बताएका छन् ।