८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाइका नेपालका प्रमुखमाथि ढुङ्गा प्रहार भएपछि जापानले जनायो गम्भीर आपत्ति

अ+ अ-

काठमाडौँ । प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर जाइका नेपालका प्रमुख ओकुबो आकिमिचु घाइते भएका छन्। उनको गाडीमा पनि क्षति पुगेको छ। यस घटनालाई लिएर काठमाडौँस्थित जापानी राजदूतावासले बिहीबार विज्ञप्ति प्रकाशन गरी गम्भीर आपत्ति जनाएको छ।

दूतावासले भनेको छ, ‘लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्नु वाक स्वतन्त्रताअन्तर्गत आधारभूत नागरिक अधिकार हो तर हिंसात्मक क्रियाकलापमा उत्रनुचाहिँ अपराध हो।’

प्रहरी स्रोतका अनुसार काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको र गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै बुधबार साँझ त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले विरोध प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा प्रहरी र नेविसंघबीच झडपसमेत भएको थियो। त्यसबेला उक्त सडक भई गुडिरहेका सवारी साधनलाई प्रहरीले सुरक्षा प्रयोजनार्थ रोकेको थियो।

त्यही समय, त्यही सडक हुँदै जाइका प्रमुख आकिमिचु कार्यालयबाट निवासतर्फ गइरहेका थिए। उनको गाडी पनि निकैबेर अलि परै रोकियो। स्थिति साम्य भएको भन्दै प्रहरीले गाडी खोलेपछि उनको गाडी पनि अगाडि बढाइएको थियो। स्रोतका अनुसार त्यो इलाका कट्ने क्रममा उनको गाडीमा प्रदर्शनकारीले हानेको ढुङ्गा लागेका र फुटेको सिसा र ढुङ्गाका टुक्राले जाइका प्रमुखको अनुहारमा चोट लागेको छ ।

उनलाई गाडीभित्रै रगताम्य भएको देखेपछि प्रहरीले सुरक्षा दिई त्यहाँबाट अघि बढाइदिएको थियो। आकिमिचु आफैँ अस्पताल पुगे। स्रोतका अनुसार उनको ओठमा भित्र–बाहिरै टाँका लगाइएको छ।

जापानी दूतावासले अग्रणी भूमिका खेल्ने जाइकाका प्रतिनिधि नै यस्ता घटनामा घाइते हुनु अत्यन्तै खेदजनक भएको विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘अधिकांश नेपालीलाई थाहा भएकै कुरा हो कि जापानले नेपालमा लोकतन्त्रको स्थायित्व र विकासमा एक इमान्दार मित्रका हिसाबले सहयोग गर्दै आइरहेको छ। नेपाल सरकारले विदेशी पर्यटक तथा बाह्य लगानीलाई प्रवर्धन गरिरहेको अवस्थामा यस्ता घटनाले नेपालको प्रयत्नलाई प्रतिकूल असर पर्दछ।’

प्रतिक्रिया दिनुहोस