काठमाडौँ । पोखरा महानगरपालिकाका ४७ जना नगर प्रहरी दीक्षित भएका छन्।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र लामापाटनमा सम्पन्न नगर प्रहरी जवान आभार भूत तालिम (७-०१) औँ समूहको तालिममा सहभागी ४७ जना नगर प्रहरी जवानलाई दीक्षित गरिएको हो।
उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले संयुक्त रूपमा दीक्षित गरेका हुन्।
४५ दिनसम्म चलेको आधारभूत तालिममा नगर प्रहरी जवान मैना श्रेष्ठ सर्वोत्कृष्ट भएकी छन्। तालिममा नगर प्रहरी जवान सृष्टि अधिकारी देवकोटा सर्व-द्धितिय र नगर प्रहरी जवान सीमान्त थारु सर्व-तृतीय भएका छन्। अध्ययनतर्फ नगर प्रहरी जवान सृष्टि अधिकारी देवकोटा, कवाज तर्फ नगर प्रहरी जवान मसिना राई, शारीरिक व्यायाम तर्फ नगर प्रहरी जवान सञ्जय क्षेत्री र खेलकुद तथा अतिरिक्त क्रियाकलाप तर्फ नगर प्रहरी जवान लक्ष्मी कार्की प्रथम भएकी छन्।