७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण अफ्रिका पठाउने प्रलोभन देखाएर २६ लाख ठगी

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभनमा मोटो रकम ठगी गर्ने व्यक्ति तथा म्यानपावर कम्पनी कारवाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले शुक्रबार उनीहरूमाथि गरिएको कारवाहीबारे जानकारी गराएको हो ।

विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार खिमप्रसाद गुरुङ नाम व्यक्तिले दक्षिण अफ्रिकामा मासिक ८० हजार रुपैयाँ तलबमा काम लगाइने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट २६ लाख रुपैयाँ उठाएको उजुरी गरेको थियो ।

उनले सुगरमार्केटमा काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति ७ लाख खर्च हुन्छ भन्दै रकम उठाएको पाइएको छ । सो रकम उठाएर दक्षिण अफ्रिका नपठाएको र रकम समेत फिर्ता नगरेको उजुरी परेसँगै विभागले अनुसन्धान थालेको थियो ।

विभागले खिमप्रसाद गुरुङको जाहेरीबाट लिएको बिगो रकम र त्यसको ५० प्रतिशतका दरले हर्जाना समेत तिर्ने गरी वैदेशिक रोजगार न्यायाधिकरण समक्ष अभियोग पत्र दर्ता गरेको हो ।

अर्जुन पोख्रेल नामक प्रतिवादीले मासिक ६ सय रकम कमाइ हुने प्रलोभनमा सर्बिया पठाउने भन्दै ४ लाख ठगी गरेको उजुरी परेको थियो । सो बारे परेको उजुरीमा अनुसन्धान गरी बिगो रकम भर्पाई गर्न र ५० प्रतिशत जरिवाना तिर्ने समेत निर्णय गराई वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोग पत्र दर्ता गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस