७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराको पर्यटन विकासमा एडीबीको ७ अर्ब अनुदान

अ+ अ-

काठमाडौँ। एसियाली विकास बैंक (एडिबी) ले पोखराको पर्यटन विकासमा ७ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्दै छ । दिगो पर्यटन विकास परियोजना अन्तर्गत विभिन्न १५ वटा योजना कार्यान्वयनका लागि एडीबीले पोखरा महानगरपालिकालाई ७ अर्ब रुपैयाँ अनुदान दिएको हो ।

१५ परियोजनामध्ये ७ वटा कार्यान्वयन प्रक्रियामा गएका छन् भने अन्य योजना टुङ्गो लाग्न बाँकी छ । यिनै परियोजनाका विषयमा एडीबीका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोली र पोखरा महानगरका मेयर धनराज आचार्यबीच शनिबार भेटवार्ता भएको छ ।

एडीबीले चलाएको परियोजनामा एडीबीको ७५ प्रतिशत लगानी रहनेछ भने २५ प्रतिशत नगर विकास कोष (टीडीएफं) र पोखरा महानगरपालिकाले संयुक्त रूपमा लगानी गर्नेछन् ।

एडिबीकै सहयोगमा लेक टु लेक (तालदेखि तालसम्म) साइकल ट्र्याक र फेवाताल सुधार परियोजना समेत सञ्चालनको क्रममा छ । परियोजना अनुसार ९ वटा ताल र १८ वटा वडाहरूलाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्र्याक निर्माण हुनेछ ।

फेवाताल सुधार परियोजना अन्तर्गत बसाइँ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्सन बोर्ड, साइकल पार्किङ, सर्भिस पोइन्ट र साइकल स्ट्यान्डहरूको निर्माण गरिने महानगरको भनाइ छ । यसमा ३० लाख ५० हजार (३.०५ मिलियन) अमेरिकी डलर खर्च हुनेछ ।

महानगरका अनुसार एडिबीकै लगानीमा रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजना अन्तर्गत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृत रूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गरिनेछ ।

त्यस्तै परियोजनाअन्तर्गत नै शान्ति वन वाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ । उक्त योजनाअनुसार पार्कमा जडीबुटी बगैँचा, पैदल मार्ग, टिकट काउन्टर, विश्रामस्थल, पिकनिक सेड, ध्यान केन्द्र, कम्पाउन्ड वाल, फेन्सिङ, एप्रोच रोड लगायत निर्माण हुनेछ ।

त्यस्तै एडिबीकै अर्को परियोजनाले पोखराका पुराना सम्पदाको संरक्षणलाई जोड दिएको छ । हाल पोखरा वडा नम्बर २, ३, ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरहरूको संरक्षणका लागि यो परियोजना लागू गरिने महानगरले जनाएको छ ।

साथै एडीबीले साबिक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानमा महानगरस्तरीय विपद् व्यवस्थापन केन्द्र स्थापना गर्न १ मिलियन अमेरिकी डलर, पोखरा–३२ मा पोखरा प्रवेश पार्क बनाउन ५० लाख (५ मिलियन) अमेरिकी डलर खर्च गर्नेछ ।

प्रतिक्रिया दिनुहोस