१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेरुजु सम्परीक्षण गर्न सार्वजनिक लेखाद्वारा ९ उपसमिति गठन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु सम्परीक्षण गर्नका लागि ९ वटा उपसमिति गठन गरेको छ । 

विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको बेरुजु सम्परीक्षण गर्नका समिति गठन गरिएका हुन् । 

लेखा समितिको आइतबारको बैठकमा समिति सभापति ऋषिकेश पोखरेलले उपसमिति गठन र तिनका संयोजकको नाम प्रस्ताव गरेका थिए ।

लेखा समितिले केही हेरफेरसहित उक्त प्रस्ताव पारित गरेको छ । सार्वजनिक लेखा समिति मातहतका उपसमितिले महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा देखिएका बेरुजुको सम्परीक्षणको काम गर्नेछ । महालेखापरीक्षकको कार्यालयले फर्छ्यौट हुन नसक्ने भनेर लेखी पठाएको अवस्थामा संसदीय समितिले सम्परीक्षण गरेर असुल उपर गर्ने विषयमा उपसमितिहरूले अध्ययन गर्नेछन् । सार्वजनिक लेखा समितिमा उपसमितिहरू संसद्को कार्यकालभर क्रियाशील रहने अभ्यास छ ।

समिति सभापति पोखरेलले ९ वटै उपसमितिहरूले छिट्टै बैठक बसेर आ-आफ्ना कामको सुरुआत गर्ने बताइएको छ ।  ९ मध्ये ३ उपसमितिका संयोजकमा काँग्रेस, २ उपसमितिका संयोजकमा एमाले सांसद रहेका छन् । माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाले १-१ उपसमितिको संयोजक पाएका छन् ।

काँग्रेसबाट उपसमिति संयोजकमा अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी र रामकृष्ण यादव रहेका छन् । एमालेबाट गोकुलप्रसाद बाँस्कोटा र दामोदर भण्डारी उपसमिति संयोजक रहेका छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट मनिष झा, राप्रपाबाट राजेन्द्र लिङ्देन र जसपाबाट प्रदीप यादव उपसमितिका संयोजक बनेका छन् ।

प्रतिक्रिया दिनुहोस