काठमाडौँ । कोसी प्रदेशको राजधानी विराटनगरमा शान्ति सुरक्षा कायम राख्न जनाउँदै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले प्रदेश राजधानी विराटनगर महानगरपालिकाको शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर असोज १ गतेबाट दुई महिनासम्म निषेधाज्ञा लगाउने निर्णय भएको जानकारी दिए।
प्रजिअ यादवले विराटनगरको प्रदेश सभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय तथा निवास र जिल्ला प्रशासन कार्यालय क्षेत्रमा जुलुस, धर्ना, विरोधका कार्यक्रम हुन सक्ने जनाउँदै निषेधाज्ञा जारी गरेको हो।
