१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फलफूलको बिरुवा बेचेर लाखौँ आम्दानी गर्दै दाहाल

अ+ अ-

काठमाडौँ । नर्सरी सञ्चालन गरेर उत्पादन गरेको फलफूलको बिरुवा बेचेर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-३ काफ्लेडीका लक्ष्मी घिमिरे दाहालले वार्षिक लाखौँ आम्दानी गर्दै आएकी छन् । विगत चार वर्षदेखि घर नजिकै सञ्चालन गर्दै आएको नर्सरीमा सबैखाले बिरुवा गरी वर्षको रु. १५लाख देखि रु.  २० लाखसम्मको बिरुवा बिक्री हुँदै आएको उनले बताइन् ।

‘शुविहान एग्रो नर्सरी’ सञ्चालन गरेर दाहालले विभिन्न जातका फलफूलका बिरुवा उत्पादन र बिक्री गरेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्दै आएकी छन् । तीन रोपनी जमिनमा फैलिएको नर्सरीमा किबी, कागती, सुन्तला, जुनार, आँप, लिची, केरा र कफीको बिरुवा उत्पादन हुँदै आएको उनको भनाइ थियो । थोरै लगानीबाट सुरु गरिएको व्यवसायमा करिब रु. २५ लाखसम्म लगानी गरेर मौसमी रूपमा अरुलाईसमेत रोजगार दिँदै आएकी उनले मेहनत गरे कृषिबाट धेरै आम्दानी लिन सकिने बताइन् । “यहाँ उत्पादन भएका विभिन्न जातका फलफूलका बिरुवा काभ्रेपलान्चोकलगायत नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र पूर्वी जिल्ला खोटाङ र ताप्लेजुङसम्म पनि बिक्री हुने गरेको छ ।” उनले भने, “नर्सरीमा उत्पादन भएको बिरुवा बिक्री भएन भन्ने चिन्ता लिनुपर्दैन, ठाउँ ठाउँबाट लिन आउने गरेका छन् ।”

विशेष गरेर अमिलो जातको फलफूलको बिरुवा उत्पादन गर्दै आएको नर्सरीमा केरा र कफीको बिरुवासमेत उत्पादन गर्ने गरेको उनले बताइन् । पछिल्लो समयमा उत्पादन हुने बिरुवा सिधै किसानले भन्दा पनि पालिकाले उठाउने गरेको सञ्चालक दाहालको भनाइ थियो । नर्सरीमा निरन्तर काम गर्न एक जनालाई रोजगार दिइएकी छन् ।

जेटिए अध्ययन गरेकी उनले नर्सरी स्थापना गरी मनग्य आम्दानी गर्दै आएकी हुन् । कामदारसँगै दैनिक नर्सरीमा उनलाई ससुरा बुबा मोहनमणि दाहालले व्यवस्थापनमा सहयोग गर्दै आएकी फुर्सदको समयमा श्रीमान्ले पनि सहयोग गर्दै आएको उनले बताइन् ।

किसानले थोरै थोरै मात्रमा खरिद गर्ने र पालिकाले एक पटकमा धेरै मात्रामा खरिद गरेर लाने भएकाले एकै पटक बिक्री गर्न पाउँदा सजिलो पनि हुने दाहालले बताइन् । नर्सरीमा धेरै मात्रमा कागती र कफीको बिरुवा बिक्री हुने गरेको छ । त्यससँगै मेकाडेमियानट लगायतको बिरुवा पनि बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस