७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

अ+ अ-

झापा । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड-१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी समाप्त भएपछि पनि भारतले काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीको अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार भारतको पश्चिम बङ्गाल राज्यको अध्यागमन जाँचचौकी (चेकपोस्ट) रानीगन्जले सीमावर्ती पानीटङ्की नाकाबाट भुटानी, नेपाली विद्यार्थी र प्रवासी भारतीय नागरिक प्रमाणपत्र (ओसीआई) भएका पर्यटकलाई मात्र नेपाल जाने प्रवेशाज्ञा दिने गरेको छ ।

“बङ्गलादेशमा पढ्न जाने नेपाली विद्यार्थी, भुटानी नागरिक र ओसीआई कार्ड होल्डरलाई मात्र नेपाल आउन दिने भारतीय अध्यागमनको नीतिका कारण काँकडभिट्टाबाट पर्यटक आगमन ठप्प भएको हो”, उनले भने, “विगतमा ठूलो सङ्ख्यामा तेस्रो मुलुकबाट पर्यटक यही नाका भएर भित्रिने गर्दथे । अहिले चलहलपहल ठप्पप्रायः छ ।”

भारतले प्रवेशाज्ञा नदिएका कारण बङ्गलादेश र अन्य तेस्रो मुलुकका पर्यटक काठमाडौँ हुँदै पूर्वी नेपाल घुम्न आउने गरेका छन् । नेपाली पक्षले पूर्वीनाकाबाट पर्यटक भित्रिन भइरहेको अवरोध हटाउन उच्चस्तरीय पहल गर्न आवश्यक रहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाइ छ ।

पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रो मुलुक तथा बङ्गलादेशी पर्यटकको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको उनको भनाइ छ । अध्यगमन कार्यालय काँकडभिट्टाका अनुसार कोभिड सुरु हुनुअघि यो नाका भएर सबैभन्दा बढी बङ्गलादेशी पर्यटक आउने गरेका थिए ।
 
अध्यगमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले सन् २०२३ को जनवरी १ देखि हालसम्मा पूर्वीनाका भएर २१ देशका पाँच हजार एक सय ९७ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । जसमध्ये तीन हजार चार सय १४ पुरुष र एक हजार सात सय ८३ महिला रहेका छन् ।
 
भुटानबाट एक हजार सात सय २९, अष्ट्रेलियाबाट १२, बङ्गलादेशबाट १२, क्यानडाबाट सात, चीनबाट दुई, फिनल्याण्डबाट तीन, नेदरल्याण्डबाट तीन, फिलिपिन्स, रसिया, सिङ्गापुर र थाइल्याण्डबाट एक–एक, दक्षिण कोरियाबाट तीन, युकेबाट ११, युएसएबाट २६ जना यो अवधिमा नेपाल घुम्न आएका छन् ।

प्रतिक्रिया दिनुहोस