५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । नेपाल भ्रमणमा रहेको कम्युनिस्ट पार्टी अफ चाइना (सिपिसी) को युनान प्रान्तको स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले आज उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेको छ।

भेटवार्ताका क्रममा दुई देशबीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन चाल्न सकिने कदमबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी, एक अर्काको आधारभूत चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताए।

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताए। उनले गत अगस्तमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको प्रशंसा गर्दै युनानको कुनमिङ्गमा सातौँ चाइना-साउथ एसिया एक्स्पोजिसन र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपर्ट फेयर सफलतापूर्वक आयोजना गरेकामा टोलीसमक्ष धन्यवाद व्यक्त गरे।

‘नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेकामा यसलाई वृद्धि गर्न सकिने सम्भावनाहरू धेरै छन्,’ उपराष्ट्रपति यादवले भने, ‘द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षलाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरूमा उत्पादक क्षमता बढाउनाका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरूको निकासी गर्न अनुरोध गर्दछु।’

उपराष्ट्रपति यादवले सुमधुर द्विपक्षीय सम्बन्धका आयामहरूमध्ये जनस्तरको सम्बन्ध एउटा महत्वपूर्ण आयाम रहेकाले दुई देश बीचको सम्बन्ध जनस्तरमा अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेकोसमेत बताए।

चिनियाँ भ्रमण टोलीको नेतृत्व गरिरहेकी जेङ यानले आफूहरूको यो भेटघाट उपलब्धिमूलक रहेको बताउँदै दुई देशको सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस