५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टी-२० लिग खेलेको पैसा खै ? भन्दै क्यानलाई खेलाडीको पत्र

अ+ अ-

काठमाडौँ । नेपाल टी-२० लिग खेलेका काठमाडौँ नाइट्सका खेलाडी तथा फिजियोले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट सङ्घ (क्यान)को ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी तथा फिजियोले पाउनुपर्ने उचित रकम नपाएको भन्दै क्यानलाई पत्र पठाएर ध्यानाकर्षण गरेका हुन् ।

उनले पत्रमा खेलाडी र टिमले पाउनुपर्ने रकम निकासा गर्न क्यानले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको र कुनै पनि प्रक्रिया अगाडि नबढेकोले क्यानको ध्यानाकर्षण गरेको बताएका छन् ।

उनले आफूहरूले पाउनु पर्ने रकम निकासका बारेमा क्यानबाट कुनै पहल नभएमा आवश्यक कदम चाल्ने चेतावनी पनि दिएका छन् ।

क्यानले भने खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने प्रक्रियामा नै रहेको बताएको छ ।

गत पुसमा भएको लिगको कमर्सियल र स्ट्राटेजिक राइट्स क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो । तर प्रतियोगिता विवादमा परेपछि सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालिया भारत भागेका थिए ।

सेभेन थ्रीले नदिए आफूले पुरस्कार र पारिश्रमिक दिने प्रतिबद्धता नेपाल क्रिकेट सङ्घ क्यानले गरेको थियो र प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगिता सहभागी ६ मध्ये २ टिमका खेलाडीले पारिश्रमिक पाएका छैनन् ।

लुम्बिनी अलस्टार्ससहित, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सले नेपाली खेलाडीलाई पारिश्रमिक दिएको भए पनि काठमाडौं नाइट्स र फारवेष्ट युनाइटेडले नेपाली खेलाडीलाई ५० प्रतिशत पारिश्रमिक दिन बाँकी छ ।

यी टिमले श्रमस्वीकृतीलगायतका कारण देखाउँदै विदेशी खेलाडीलाई रकम दिएका छैनन् । नेपाल टी-२० लिग क्रिकेटको उपाधि विजेता लुम्बिनी अलस्टार्सले पनि अझै पुरस्कार रकम नपाएको गुनासो गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस