७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा राजसंस्था अपरिहार्य : कमल थापा

अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन् ।

महाधिवेशनपछि राप्रपा नेपाललाई पुनर्जागृत गर्दै अघि बढेका थापाले पछिल्लो समय राजसंस्था पनि पार्टीको कार्यनीति हुने निर्णय केन्द्रीय समितिबाट गराएका छन् ।

महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भूमिका भएको भन्दै बिच्किएका थापाले अब त्यो गुनासो र असन्तुष्टिलाई मनमै राख्ने र बिर्सने प्रयासमा रहेको बताउँदै आएका छन् ।

आज बिहान सामाजिक सञ्जाल ट्विटरबाट आफ्नो भावना व्यक्त गर्दै थापाले राजाप्रतिको गुनासो आफ्नो ठाउँमा रहने भन्दै त्यसलाई गौण रूपमा लिने अभिव्यक्ति दिएका छन् ।

थापाले सबै गुनासो, चित्त दुखाइलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको व्यवस्थाको विकल्प खोज्ने समेत बताएका छन् ।

उनले आज ट्विट मार्फत भनेका छन् ‘राजा प्रतिको मेरो गुनासो, असन्तुष्टि आफ्नो ठाउँमा छ । तर, जब देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू र कतिपय चल्तीका आमसञ्चार माध्यमहरू समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई विदेशीको पैसासँग साटी रहेको देख्छु,म अत्यन्त चिन्तित हुन्छु । अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु ।’

प्रतिक्रिया दिनुहोस