८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई महासमितिमा समेट्छौँ : देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई पार्टीको महासमितिमा समेट्ने बताएका छन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकको सुरुमै सभापति देउवाले थप ८ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी गराउँदै अझै धेरै नेताहरू छुटेको बताएका हुन् ।

उनले छुटेका नेताहरूलाई महासमितिमा समेटेर लैजाने आश्वासन समेत दिए । ‘केन्द्रीय कार्यसमितिमा केही साथीहरूलाई मनोनीत गरिएको छ । ठाउँ कम छ, त्यसैले धेरै साथीहरू छुट्नुभएको छ,’ उनले भने, ‘छुटेका नामहरू तपाईँहरूले पनि भन्नुहोला, महासमिति सदस्यमा अरू साथीहरूलाई अटाउँला ।’

काँग्रेसको विधानबमोजिम हरेक दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान छ । सभापति देउवाले १४ औँ महाधिवेशनपछि पहिलो पटक विधानबमोजिम समयमै केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस