काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार तोकिएको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइने भएको छ ।
पाटन उच्च अदालतमा ध्रुवराज नन्द र राज्यलक्ष्मी बज्राचार्यको इजलासमा पेशी तोकिएको थियो । अन्य मुद्दाको सुनुवाइका कारण हेर्न नभ्याइने भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयसहित २० जनाको पुनरावेदन निवेदन परेको छ । यसअघि जिल्ला अदालत काठमाडौँले १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।