६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

अ+ अ-

भादगाउँ । मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा आयोजित भेलामा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको दर्शन गरी मध्यपुर थिमि फर्कने जानकारी दिएका हुन् । बालकरामले दोस्रो पटक जिब्रो छेड्न लागेका हुन् । उनले यसअघि विसं २०७५ मा जिब्रो छेडाएका थिए ।

मध्यपुर थिमिमा वर्षको दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन गरिन्छ । बिस्काः (बिस्केट) जात्राका अवसरमा वैशाख २ गते बिहान मध्यपुर थिमि–८ बोडेमा र येंयापुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि–५ दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने परम्परा छ । सो अनुसार यस वर्ष यही असोज १२ गते थिमिमा येंयापुन्ही या म्ये प्वा खनेगु (जिब्रो छाड्ने) जात्रा हुँदैछ ।

बोडेको जात्राले सदियौँदेखि निरन्तरता पाइरहेको छ भने दिगुलीको जात्रा नियमित सञ्चालन हुन नसकेको स्थानीय संस्कृतिविद् प्रदीपजामन श्रेष्ठले बताए । करिब दुई दशक रोकिएको यो जात्रालाई विसं २०७४ मा वीरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेडाएर पुनर्जीवन दिएका थिए । विसं २०७५ मा बालकरामले जिब्रो छेडाएका थिए भने विसं २०७६ देखि कोरोना महामारीका कारण रोकिएको जात्रा गत वर्ष पुनः वीरेन्द्रभक्तले जिब्रो छेडाएर निरन्तरता दिएका थिए ।

बोडेको जिब्रो छेड्ने जात्रामा निश्चित मार्ग भए पनि थिमि दिगुलीमा हुने जात्राको निश्चित मार्ग नभएको श्रेष्ठले बताए । उनका अनुसार यो जात्रामा जिब्रो छेडाउने व्यक्तिले इच्छाएको मार्गमा परिक्रमा गर्ने प्रचलन रहेको छ । ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रामा जिब्रो छेडाएर नगर परिक्रमा गर्दा यही नै निश्चित मार्ग भन्ने छैन । विशेषगरी जिब्रो छेडाउने व्यक्तिले इच्छाए अनुसारको मार्ग तय हुन्छ,’ संस्कृतिविद् श्रेष्ठले भने, ‘योभन्दा पहिले पनि जिब्रो छेडाएर पशुपतिनाथ र चाँगुनारायणको दर्शन र परिक्रमा गरेको इतिहास छ ।’

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बालकरामको साहसले भावी पुस्तालाई जात्राप्रति आकर्षित गर्ने र नयाँ पुस्तामा जिब्रो छेडाउन अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे । ‘जिब्रो छेडाएर बाँसले निर्माण गरिएको महादीप काँधमा बोकेर थिमिदेखि पशुपतिनाथको दर्शन गरी पुनः थिमिसम्म पैदल यात्रा गर्नु निकै कठिन कार्य हो’, उनले भने, ‘बालकरामले जुन सहास देखाउनुभएको छ, उनको संस्कृति प्रतिको लगाव छ, त्यसलाई उच्च सम्मान दिनुपर्छ ।’ प्रमुख श्रेष्ठले नगरको मूर्त–अमूर्त कला संस्कृतिको संरक्षणमा लगानी गर्दै आइरहेको नगरपालिकाले जिब्रो छेड्ने जात्रालाई पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बताए ।

उक्त जात्राका लागि जात्राको आठ दिन अगाडि द्यः दुसालेगु अर्थात् देवता भित्र्याउने चलन रहेको छ । त्यसका लागि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनुपर्ने रातोभालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्ने संस्कृतिविद् प्रदीपजामन श्रेष्ठले बताए । उनका अनुसार जात्राको चार दिनअघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरबारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलन रहेको छ ।

इन्द्रजात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजा गरी छ्वयला ब्वः भोज खुवाउने चलन रहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोलिपल्ट येंयापुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिनमा दुता नं(जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा छ ।

‘यस दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारीदेखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ’, श्रेष्ठले भने, ‘पूजापश्चात् जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पुर्‍याइन्छ ।’

डबलीमा सयौँ जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुइरोबाट कमी नायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं (महादीप) बोक्न लगाई उसको इच्छाअनुसार नगर परिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगर परिक्रमा गर्दा स्थानीय व्यक्तिहरू पनि ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ । जिब्रो छेड्ने व्यक्तिले इच्छाएको ठाउँमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमी नायोले सुइरो निकालिन्छ ।

सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ)देवता परिसरको माटो राखेपछि उक्त सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले घर गई मान्यजनबाट सगुन लिने संस्कृतिविद् श्रेष्ठको भनाइ थियो । उनका अनुसार जात्राको भोलिपल्टको बिहान नातु पूजा भनी द्यःलित तवनेगु (विसर्जन पूजा) का लागि बालकुमारीमा पूजा गर्न जानुपर्ने प्रचलन छ ।

संस्कृतिविद् श्रेष्ठका अनुसार जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । ‘पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरूले दुःख दिन थालेपछि थिमिका जनतालाई सो दुःखबाट छुट्कारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात् आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरू यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरू रहेको भन्दै भागेको जनश्रुति छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस