८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गमको विद्यालयमा ३० वर्ष ६ महिना बिताउँदा…

अ+ अ-

बेनी (म्याग्दी) । शिक्षणको सिलसिलामा तराईको रौतहट जिल्लाबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन ।

विसं २०५० मा शिक्षणको सिलसिलामा यहाँ आएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भए ।

छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको पैदलयात्रा गरेका उनलाई फरक भुगोल, भाषा, संस्कृति र रहनसहनमा घुलमिल हुन निकै कठिन भयो ।

तराईबाट उच्च पहाडी क्षेत्रको हावापानीमा बिस्तारै घुलमिल हुँदै जाँदा आलम यही दुर्गम गाउँको परिवेशमा आफूलाई परिचित मात्रै गराएनन्, जीवनको महत्त्वपूर्ण समय यही गाउँलाई सुम्पिए ।

विद्यालयमा ३० वर्ष छ महिना शिक्षण गरेका आलमले २३ वर्षदेखि निरन्तर प्रधानाध्यापकका रूपमा विद्यालयको शैक्षिक नेतृत्व सम्हाले । तराइदेखि दुर्गम गाउँसम्म आएर लामो समय शिक्षण गरी योगदान गरेका आलम अनिवार्य अवकाश भएपछि सिङ्गो वडा र गाउँले अभिनन्दन गरेका छन् ।

यो गाउँमा बाहिरबाट आएर दीर्घ सेवा गर्ने र अभिनन्दन हुने आलम पहिलो व्यक्ति हुन् । विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, आमा समूह लगायतले शिक्षक आलमलाई नौमती बाजासहित फूल, माला लगाएर अभिनन्दन गरेका हुन् ।

वडाध्यक्ष अमर छन्त्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्याललगायत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकसहित सिङ्गो गाउँवासीले उहाँलाई दोसल्ला, सम्मान पत्र, कदर पत्रसहित अभिनन्दन गर्दै चरेसका थाल उपहार दिएका थिए ।

एउटै विद्यालयमा तीन दशक बढी समय खर्चिएका शिक्षक आलमले गाउँमा आएर जागिर मात्रै नगरेको र सिङ्गो दुर्गम मल्कबाङ गाउँको शैक्षिक उत्थानमा योगदान दिएकाले गाउँमा शिक्षकलाई पहिलो पटक अभिनन्दन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले जानकारी दिए ।

बिदाइमा सिङ्गो गाउँवासी र विद्यार्थीहरू सहित शिक्षक आलम समेत भावुक बनेका थिए । बिदाइमा सबैका आँखा रसाएका थिए । बिदाइ भएर जाँदै गरेका शिक्षक आलमले आफू सेवा निवृत्त भएर घर जान लागेकोमा खुसीभन्दा जीवनको तीन दशक समय बिताएका गाउँ छाडेर जानुपरेकोमा भावुक भएको बताए ।

शिक्षणबाट अवकाश लिएपछि आफूलाई पारिवारिक रूपमा घरपरिवारसँग सँगै बस्ने वातावरण भए पनि जीवनको ऊर्जा वान समय बिताएको गाउँसँग टाढिन परेकोमा आफू दुस्खी भएको उनले बताए ।

‘हिजोका ती सबै दुःख आज तपाईँहरूले देखाउनुभएको मायाले भुलाइदिएको छ, मैले कति योगदान गर्न सकेँ त्यो तपाईँहरूको मूल्याङ्कनको विषय हो, तर तपाईँहरूले मलाई आफ्नै छोरा सम्झिएर यो गाउँको बसाइलाई सरल, सहज र स्मरणीय बनाइदिनुभयो, दुर्गमको दुःख भुलेर शिक्षणमा रमाउन पाएँ, सबैलाई धन्यवाद,’आलमले भने ।

यही असोज ३ गते नियमित अवकाश लिएका शिक्षक आलमलाई गाउँमा बिदाइ गरिएको थियो भने धवलागिरि गाउँपालिका कार्यालयले समेत दुर्गम गाउँमा दीर्घ सेवा शिक्षण गरेकोमा कदर पत्र र दोसल्लाद्वारा सम्मानसहित बिदाइ गरेको छ ।

गाउँपालिका उपाध्यक्ष रेशम पुन र कर्मचारीलगायतले अवकाश प्राप्त शिक्षक आलमलाई बिदाइ गरेका थिए । रौतहटको यमुनामाई गाउँपालिका–३ का स्थायी बासिन्दा आलम विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि जागिरको सिलसिलामा विस २०५० मा म्याग्दी आएका थिए ।

आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान विषयको शिक्षकको रूपमा विद्यालयमा नियुक्त गरेका थिए ।

आलम विद्यालयमा शिक्षणमा आएपछि विद्यालयले विसं २०५१ मा कक्षा ९ र २०५२ मा कक्षा १० को पठनपाठन सुरु गरेर माविमा स्तर वृद्धि गरिएको थियो ।

विसं २०५७ देखि विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीसमेत बहन गरेपछि आलमलाई विद्यालयमै रहने दायित्व थपिएको थियो । विसं २०५० वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत भएर शिक्षण जीवनको सम्पूर्ण समय दुर्गम गाउँको एउटै विद्यालयलाई सुम्पिएका आलमलाई विद्यालयका पूर्व विद्यार्थीको पहलमा मल्कबाङ समाज युकेद्वारा यसअघि नगद एक लाखसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

विसं २०५३ मा परीक्षा दिएर विसं २०६० मा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीर्ण भएर स्थायी शिक्षक सेवामा प्रवेश गरेका आलम विसं २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस