१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीहरूको जिम्मेवारी हेरफेरसहित कोशीमा मन्त्रिपरिषद् विस्तार

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।

दुई जना मन्त्री र दुई राज्यमन्त्री थपेर मुख्यमन्त्री कार्कीले नौ सदस्यीय मन्त्रीमण्डल बनाएका छन्।

अब तीन राज्यमन्त्रीसहित मन्त्रिमण्डलमा नौ जना सहभागी भएका छन्। जसअनुसार यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पाँच कर्ण राई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन्।

यसैगरी, एकराज कार्की भौतिक पूर्वाधार, लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री, बुद्धिकुमार भण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्रीमा नियुक्त भएका छन्। अधिकारी र राजभण्डारी आज थपिएका मन्त्री हुन्।

रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री, सिर्जना राई सामाजिक विकास राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका छन्। उनीहरूको प्रदेश प्रमुख कार्यालयमा शपथ भएको हो।

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त एमाले नेता कार्कीले असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ।

हालसम्म एमाले नेतृत्वको सरकारमा अन्य कुनै दल सामेल भएका छैनन्। अहिलेसम्म साथ दिँदै आएको राप्रपाले समेत सरकारमा सहभागी बन्न इन्कार गरेपछि मुख्यमन्त्री कार्कीले एमालेबाट मात्रै मन्त्री नियुक्त गरेका हुन्।

काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको गठबन्धनले वर्तमान सरकारलाई साथ नदिने बताइसकेको र राप्रपा पनि सहभागी नभएपछि कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना क्षीण छ।

प्रतिक्रिया दिनुहोस