५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बल्लतल्ल फैसला सुनवाइ सुरु भएको प्रेम चलाउनेको मुद्दा आज हेर्दाहेर्दैमा

अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनले आफूमाथि भएको साङ्घातिक आक्रमण गर्नेहरुविरुद्ध हालेको मुद्दामा आज फैसला सुनवाइ अघि बढेको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश उत्तम सिलवालले मुद्दाको सुनवाइ थालेका हुन् ।

प्रतिवादीहरूले मुद्दाको अन्तिम सुनवाइ हुन नदिनका लागि अनेकन तिकडम लगाएका थिए । भ्याकेटको निवेदन देखाएर मुद्दाको सुनवाइलाई अड्काउन खोजे पनि उनीहरूको प्रयास असफल भएको छ । न्यायाधीश सिलवालले आज मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । अब भोलि बहस सकिएमा फैसला आउन सक्छ ।

सर्वोच्च अदालतले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा यथाशीघ्र टुङ्गो लगाउन गत ९ साउनमा जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यसविरुद्ध एक प्रतिवादीले अन्तरिम आदेश खारेज गरिपाउँ भन्दै भ्याकेटको निवेदन दिएका थिए ।

सोही निवेदन देखाएर फैसला सुनवाइ रोक्न खोजिएको थियो । दुईपटक विभिन्न बहानामा पेशी स्थगन पनि गराउन उनीहरू सफल भए । तर, आज भने सुनवाइ अघि बढेको छ । यसअघि दुईपटक सुनवाइ सुरु भएर पनि हेर्दाहेर्दैमा नराखी रद्द गरिएको थियो । आज भने हेर्दाहेर्दैमा राखिएको छ ।

आज वादी चलाउनेका तर्फबाट वसन्त जोशी, चन्द्रप्रसाद सञ्जेल र रमेश बडालले आज बहस गरेका हुन् । यो मुद्दामा २८ जना वकिलहरूले चलाउनेको तर्फबाट स्वेच्छिक तवरले बहस गर्न नाम लेखाएका छन् । बाँकी वकिलहरूले भोलि बहस गर्नेछन् । आज प्रतिवादीका तर्फबाट एक वकिल उज्ज्वल राम घिमिरेको बहस सुनिएको थियो ।

त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ साल असोज २० गते भौतिक आक्रमण भएको थियो । त्यसको केही दिनपछि चलाउनेले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । आक्रमणमा नेविसंघका नेता–कार्यकर्ता संलग्न थिए । घटनामा नेविसंघ त्रिवि इकाइ समितिका तत्कालीन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, दीपकराज ओझा रविन लामा रुपेश साह लगायतमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको हो ।

प्रतिक्रिया दिनुहोस