८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती सोनारीमा ‘एक वडा, एक बर्थिङ सेन्टर’

अ+ अ-

राँझा(बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसूति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ ।

सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज वा अन्य छिमेकी स्थानीय तहमा पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाको नौ वटै वडामा प्रसूति गृह सञ्चालनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

‘गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ’, उनले भने,’आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ ।’

अध्यक्ष पौडेलले राप्ती सोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । गाउँपालिकाले वडा नं.६ कमैयाडाँडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नवनिर्मित प्रसूति गृह भवनको उद्घाटन गरी प्रसूति सेवा सञ्चालनको तयारी गरेको छ ।

योसँगै राप्ती सोनारी गाउँपालिकाका सात वडामा प्रसूति गृह सञ्चालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै प्रसूति गृह सञ्चालनमा आइसकेका छन् । अब यो आर्थिक वर्षमै वडा नंं ८ शम्शेरगन्जमा पनि प्रसूति गृह सञ्चालनमा ल्याइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।

वडा नं.६ कमैयाडाँडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति गृह सञ्चालनमा आएपछि सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नु पर्ने बाध्यताको अन्त्यसँगै आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने उनले विश्वास व्यक्त गरे ।

कमैयाडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाइकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी कार्यरत छन् । प्रसूति गृह सञ्चालनपछि भने जनशक्तिको अभाव हुने अनमि तिलसरी घर्तीले बताए ।

रु। छब्बीस लाख २४ हजार ९ सय ५८ मा प्रसूति गृह भवन निर्माण सम्पन्न भएको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए । वडा नं. ६ मा गर्भवती तथा सबैखाले बिरामीको सहजताका लागि एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटीको रु।२४ लाख र गाउँपालिका र वडा कार्यालयको करिब रु।एक लाखको सहयोगमा एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको वडाध्यक्ष खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस