काठमाडौँ । बागलुङको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा खगेन्द्र प्रसाद रिजाल नियुक्त भएका छन् । तत्कालीन प्रजिअ रोशनी कुमारी श्रेष्ठको भक्तपुर प्रशासनमा सरुवा भएसँगै रिक्त बागलुङ प्रशासन प्रमुखमा रिजाललाई पठाइएको हो । यसअघि उनी भक्तपुरको प्रजिअ रहेका थिए ।
भदौ २५ गते गृह मन्त्रालयले मातहतका पाँच जिल्लाका प्रजिअसहित १० जना सहसचिवहरूको सरुवा गरेको थियो ।
सम्बन्धित समाचार : पाँच जिल्लाका सिडिओसहित १० सहसचिवको सरुवा, अध्यागमनको महानिर्देशकमा तामाङ
सरुवा मिलानका क्रममा रिक्त हुन पुगेका जिल्लामध्ये बागलुङमा रिजाल गएका हुन् । उनले सोमबारदेखि पदभार ग्रहण गरी नियमित कामकाज शुरु गरेका छन् ।