काठमाडौँ । बैतडीको दशरथचन्द नगरपालिकाले भोली सार्वजनिक बिदा दिएको छ।
सोही नगरपालिकाको देहिमाडौँमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको हो ।
एक सूचना जारी गर्दै नगरपालिकाले सो जानकारी गराएको छ ।
सो नगरपालिकामा लाग्ने मेलामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्छन्। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ।
