१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल विकसित राष्ट्रमा जाने कुरामा चीनको पूर्ण समर्थन : प्रधानमन्त्री दाहाल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अति कम विकसित देशहरूको सूचीबाट विकसित राष्ट्रमा जाने सम्बन्धमा चीनको पूर्ण समर्थन रहने बताएका छन् ।

अमेरिका र चीनको औपचारिक भ्रमणपछि स्वदेश फिर्ता भएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग बोल्दै नेपाललाई विकसित राष्ट्रको सूचीमा राख्न चीनसँगको व्यापार, लगानी अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै अगाडि बढ्ने कुरामा चीनको पूर्ण समर्थन रहने बताए ।

उनले भने, ‘चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता भयो । दुवै देशका विद्यामान अवसर र सम्भावनाहरूको भरपुर सदुपयोग गर्दै आपसी सम्बन्ध थप दरिलो बनाउने विषयमा सघन छलफल गरियो । २०२६ सम्ममा नेपाल अतिकम विकसित देशहरूको सूचीबाट विकसित राष्ट्रमा जाने सम्बन्धमा चीनले गरिबी निवारण र आर्थिक समृद्धि क्षेत्रमा हासिल गरेको सफलताको सन्दर्भमा चीनसँगको व्यापार, लगानी अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै अगाडि बढ्ने कुरामा चीनले पूर्ण समर्थन रहने जनाएको छ ।’

उनले चीन भ्रमणको क्रममा चीनका राष्ट्रपति सीचिनफिङसँग नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन छलफल भएको भन्दै सोक्रममा दुई देशबीच रहेको सम्बन्धलाई प्रगाढ बनाउने र नेपालको विकासमा चीनको साथ र सहयोगका सम्बन्ध खुलेर छलफल भएको बताए ।

उनले नेपालमा रहेका सम्भावनाहरूलाई मूर्त रूप दिन नेपाल सरकार प्रतिबद्ध रहेको भन्दै उक्त विषयमा चीन पक्षका प्रतिनिधिले सकारात्मक सन्देश प्रवाह गरेका बताए ।

उनले भने, ‘पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको उड्डयन निकायबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल हुनुको साथै असल मित्रको रूपमा दुई देशबीच भएका समझदारीहरूमा आधारित भई अगाडि बढाउने कुरा भएको छ । नेपालमा लगानीको प्रचुर सम्भावना रहेको छ, ती सम्भावनाहरूलाई मूर्त रूप दिन र लगानी संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध भएको विश्वास दिलाएको छु । चीन पक्षका प्रतिनिधिले सकारात्मक सन्देश प्रवाह गरेका थिए भने उद्योगी व्यापारीहरूको उत्साहजनक उपस्थिति थियो ।’

यस्तै, दुई पक्षीय वार्तामा नेपालको उत्तरी सीमा क्षेत्रका विकट गाउँमा चीनको तर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा सौर्य प्रणाली जडानलगायतका पूर्वाधार विकासबारे छलफल भएको बताए ।

उनले भने, दुई पक्षीय वार्ता नेपालको उत्तरी सीमा क्षेत्रका विकट गाउँमा चीनको तर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत् प्रसारण प्रणालीबाट विद्युतको पहुँच पुर्‍याउन नसक्ने स्थानमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा सडक स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका सबै साथै परम्परागत सिमानाकाहरुको पुनः सञ्चालन, सिमाना कामा नेपालतर्फ पूर्वाधार निर्माण, प्रयोगशाला निर्माण जस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित थियो ।’

यस्तै, उनले अमेरिकामा राष्ट्रसङ्घीय महासभामा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले अल्पविकसित देशहरूमा पारेका प्रभाव तथा त्यसको निराकरणका उपायहरूको बारेमा विश्व समुदायको गम्भीर रूपले ध्यानाकर्षण गराएको पनि बताए ।

उनले भने, ‘महासभामा मैले नेपालको तर्फबाट सम्बोधन गरेँ । यसमा प्रमुख रूपमा नेपालको शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले नेपाललगायत अल्पविकसित देशहरूमा पारेका प्रभाव तथा निराकरणका उपायहरू, हिमाली राष्ट्रहरूको समस्या, दिगो विकासका लक्ष्य प्राप्तिमा अल्पविकसित राष्ट्रको समस्या प्रस्तुत गर्दै ती समस्या समाधानमा स्रोत र साधनको व्यवस्थापनका लागि विश्व समुदायको गम्भीर रूपले ध्यानाकर्षण गरिएको छ ।’

जलवायु परिवर्तनको चपेटमा परेका नेपाललगायत राष्ट्रहरूलाई सहज वित्तीय पहुँचको व्यवस्था गर्न माग गरेको भन्दै जलवायु परिवर्तनसम्बन्धी नेपालले अपनाएका नीति र लक्ष्यहरू बारे विश्व समुदायलाई जानकारी गराउँदै नेपालले हासिल गरेको उपलब्धि एवं जलवायु अनुकूलनमा पुर्‍याएको योगदान विश्वसमक्ष प्रष्ट रूपमा राखेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस