१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विश्व सांस्कृतिक उत्सव २०२३’ मा सहभागी हुँदै नेपाल

अ+ अ-

काठमाडौँ  । अमेरिकाको वासिङ्टन डि.सी. स्थित मेट्रो एरियामा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना हुन लागेको विश्व सांस्कृतिक उत्सव २०२३ मा १ सय ८० राष्ट्रहरूबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरू सम्बन्धी प्रस्तुति गर्दैछन् ।

संसारभरका विभिन्न संस्कृतिहरूलाई एकै ठाउँमा ल्याई एकै सुत्रमा बाँध्ने जमर्को आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यात्मिक गुरु श्री रविशंकरले गरेका हुन् । हालसम्म पाँच लाख भन्दा बढी सहभागीहरूले कार्यक्रममा सरिक भई संसार भर छरिएका सांस्कृतिक विविधताको महत्त्व माथि ऐक्यबद्धता जनाएका छन् ।

उक्त कार्यक्रममा विभिन्न राष्ट्रहरूले आफ्नो देशको भेषभुषा, नृत्य, सङ्गीत तथा परिकारहरूको प्रस्तुति यी तीन दिनमा गर्नेछन् । विश्वभरका १ सय ८० राष्ट्रहरूबाट १७ हजार कलाकारहरू सम्मिलित भई ६१ वटा नृत्यहरू प्रस्तुत हुँदैछन 

नेपाल पनि यस सांस्कृतिक उत्सवमा सहभागिता हुँदैछ । नेपालको विभिन्न समुदायको सात मौलिक नृत्यहरू सोही समुदायको सांस्कृतिक पहिरन पहिरी प्रस्तुति गर्न १३ वर्ष देखि ६० वर्ष सम्मका १५० जना कलाकारहरू पुगिसकेका छन् । यी नृत्यहरूको निर्देशन चर्चित नृत्य प्रशिक्षक यज्ञ मान शाक्यले गरेका छन् । विगत पाँच महिना देखि नृत्य टोलीलाई प्रशिक्षण जारी छ ।

नेपालको सांस्कृतिक टोलीको प्रायोजन राजेश बहादुर प्रधान तथा निभा माथेमा प्रधानले गरेका थिए । प्रधान दम्पती आर्ट अफ लिभिङको सक्रिय आजीवन सदस्य हुनुका साथै दया फाउन्डेसनमा पनि आबद्ध छन् ।

नेपालको ‘विश्व सांस्कृतिक उत्सव २०२३’ मा सहभागिताले नेपाललाई विश्वमा चिनाउन सहयोगी हुने कुरा दया फाउन्डेसनका संस्थापक सदस्य राजेश बहादुर प्रधानले बताए। 

अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू माझ नेपाली संस्कृतिलाई जोगाउने हेतुले काम गर्दै आएको नेपाल एजुकेसन कल्चरल सेन्टरको नेतृत्व गरिरहेका अध्यक्ष सरोज प्रजापतिको प्रमुख संयोजकत्व तथा समन्वयमा अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू यस कार्यक्रममा सहभागिता जनाउँदै छन् । 

यस कार्यक्रमको स्वागत कमिटीको नेतृत्व युएनका जेनेरल सेक्रेटरी बान–कि–मुनले गरिरहेका छन् भने नेपालका प्रतिनिधि सभा सदस्य तथा उद्योगी विनोद चौधरी पनि यस कार्यक्रमको स्वागत कमिटीमा सरिक रहने बताईएको छ । 

यस वर्ष हुन लागेको ’विश्व सांस्कृतिक उत्सव २०२३’ चौथो संस्करण हो, सन् २००६ मा बैंगलोरमा आयोजना भएको पहिलो संस्करण मा पच्चीस लाख सहभागी थिए, त्यसैगरी दोस्रो संस्करण जुन बर्लिनमा सन् २०११ मा सम्पन्न भएको थियो । त्यसमा सत्तरी हजार सहभागी थिए भने तेस्रो संस्करण सन् २०१६ मा दिल्लीमा आयोजित भएको थियो जसमा सैँतिस लाख सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस