९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको कुरा सुन्न र समाधान गर्न जागरण अभियान : माधव नेपाल

अ+ अ-

झापा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पुर्‍याएको समस्या समाधान गर्ने उद्देश्यले ‘एकीकृत समाजवादी जागरण अभियान’ सुरु गरिएको बताएका छन् ।  

पूर्वी नाका काँकरभिट्टाबाट आजदेखि सुरु गरिएको एकीकृत समाजवादी जागरण अभियान २०८० मेची-महाकाली यात्राको उद्घाटन गर्दै उनले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य ध्येयले जागरण अभियान सुरु गरिएको बताएका  हुन् ।  

जनताको चाहना र भावनालाई सम्बोधन गरी विशाल हृदयका साथ सबैलाई साथमा लिएर एकताबद्ध बनाएर अगाडि बढ्ने पक्ष उनको भनाइ थियो । अध्यक्ष नेपालले भने, “समाजवादी जागरण अभियानमार्फत देशभक्तिको झन्डा फहराउने, लोकतन्त्रको आवाज बुलन्द गर्ने, गणतन्त्र रक्षाका निम्ति लड्ने र संविधानलाई बलियो बनाउनका लागि जनतामा जागरण पैदा गर्नेछौँ ।”

देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढिरहेको र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति विभिन्न पार्टीहरूमा हुर्किरहेकाले यसको अन्त्य गर्न आवश्यक रहेको उनको धारणा थियो । उनले राष्ट्रिय पुँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको बताए । 

कार्यक्रममा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अनेकौँ व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएका कारण पार्टीले अभियान सुरु गरेको बताए। उनले मुलुकमा राजनीतिक क्षेत्र दिशाहीन हुँदै जाँदा व्यापार घाटा बढ्नाका साथै महँगी बढेर देशमा आर्थिक सङ्कट चरम रूपमा पुग्दासमेत सरकारले नियन्त्रण गर्न नसकेको गुनासो गरे । 

उनले वर्तमान अवस्थामा राष्ट्रियता नै ठूलो सङ्कटमा गुज्रिएको, विदेशी हस्तक्षेप बढेको, देशको सिमानाको संरक्षण गर्न नसक्ने अवस्थामा सरकार पुगेको बताए । वरिष्ठ नेता खनालले पार्टी र जनतालाई बलियो बनाउने विश्वासका साथ अभियान सञ्चालन गरिएको बताए ।  

पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सङ्कट चुलिँदै गएको अवस्थामा पार्टीले आयोजना गरेको अभियानले नयाँ दिशानिर्देश गर्न सक्ने बताए। उनले अभियान एकरदुई दिनको मात्र नभएर युवालाई यही मुलुकमा रोजगारी सिर्जना नभएसम्म जारी रहने बताए । उनले यात्राकै कारण मुलुकमा कुनै पनि सदस्यलाई भविष्यमा भ्रष्ट र गैर जिम्मेवार हुनबाट रोक्ने समेत विश्वास व्यक्त गरे । 

महासचिव भुसालले पहिलो चरणमा मेचीबाट सुरु गरिएको अभियान सुर्खेत पुगेर यही असोज २९ गते सकिने जानकारी दिए । एक हजार दुई सय किलोमिटरको यात्रामा प्रत्यक्ष रूपमा जनताको समस्या बुझ्ने र संवादको माध्यमबाट युवालाई कार्यक्रम बनाएर रोजगारीतर्फ लैजाने उनको भनाइ छ । 

कार्यक्रम सुरु हुनुअघि विभिन्न जातजातिका झाँकीसहित निकालिएको र्‍यालीले काँकडभिट्टा बजार परिक्रमा गरेको थियो । कार्यक्रममा पार्टीका उपाध्यक्ष, सचिव, केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्यको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस