९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदीमा साहुका भेडा चराएका बलबहादुर गाउँ फर्केर आफैँ मालिक बनेका छन्

अ+ अ-

ढोरपाटन । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन बनमाराले ढाक्दै गएको छ। दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ।

बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रा पालन गर्दै आएका छन्। उनी पनि एक दशक बढी विदेशमा पसिना बगाएर स्वदेश फर्किएका हुन्। वैदेशिक रोजगारीको आफ्नो अनुभव सुनाउँदै केसी भन्छन्, ‘जीवनको ऊर्जाशील समय विदेशमा बित्यो। अहिले आफ्नै गाउँ ठाउँ र पाखा पखेरा प्यारो लाग्न थालेको छ।’ बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा देखिने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ। साउदीमा साहुको भेडा चराउने काम गरेका उनी गाउँ फर्किएर अहिले आफैँ मालिक बनेका छन्।

अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनुपरेको दुःख सुनाउने केसी अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन्। स्वदेशै कामको खोजी गरेर पनि नपाएपछि विदेशिएका केसीले अहिले गाउँमा थुप्रै सम्भावना देखेका छन्।

उनी भन्छन्, ‘पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रशस्त आयआर्जनको स्रोत यही छ।’ ४ वर्षदेखि बाख्रा पालनमा लागेका केसीले गाउँमा गर्ने कामले आत्मसम्मान मिल्ने बताउँछन्। विभिन्न परिस्थितिका कारण विदेश जानुपरेको जनाउँदै अब विदेश नजाने सोच बनाएको उनको भनाइ छ।

‘पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाई भैँसी, भेडा बाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ,’ उनी भन्छन्, ‘विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रा पालनमा सजिलो भएको छ, अरु युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्न थाल्यो।’

उनले गाउँमै आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रा पालन गरेका छन्। स्थानीय र बोयर जातका गरी हाल केसीको खोरमा ४५ वटा बाख्रा छन्। खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिब १५ लाख रुपैयाँ लगानी उनले गरेका छन्। अहिले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको उनले बताए। एउटा बोका २० देखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने उनको भनाइ छ।

उनले ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर सञ्चालन गरेका छन्। खसी बोका उत्पादन गर्न सके बजारको कुनै समस्या भएको उनी बताउँछन्। कुनै पनि कामलाई सम्मान गर्न सके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाइ छ। उनले बाख्रा पालनसँगै मल प्रयोग गर्ने गरी तरकारी, गोलभेडा खेती सुरु गरेका छन्। वडा कार्यालय र गाउँपालिका कार्यालयले ५०र५० हजार अनुदानसमेत दिएको जनाउँदै उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको केसी बताउँछन्। अहिले बाख्राको सङ्ख्या बढाउनेतर्फ ध्यान केन्द्रित गरेको केसीको भनाइ छ। करिब २०० बाख्रा पाल्ने लक्ष्य रहेको उनी बताउँछन्।

उनी भन्छन्, ‘विदेशमा यहाँको भन्दा धेरै दुःख गर्नुपर्छ, मलाई विदेशले परिश्रमको महत्त्व बुझायो, गाउँको माटो चिनायो, त्यहाँ जति कमाए पनि इज्जत हुँदैन, गाउँमा परिवारसँग बस्न पाइएको छ, सन्चो बिसन्चो हुँदा तातोपानी तताएर दिने, खाने दिने मान्छे साथमै हुन्छ, विदेशमा कसैले हेर्दैन, अहिलेका युवाले गाउँमै केही गर्नुपर्छ, यहाँ लगानी र परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढी कमाउन सकिन्छ, राज्यले पनि सोहीअनुसारको वातावरण तयार गरी दिनुपर्छ, बजारलाई व्यवस्थापन गर्न सके यहाँ धेरै सम्भावना देखेको छु।’

प्रतिक्रिया दिनुहोस