काठमाडौँ । सुनको मूल्य आज सामान्य घटेको छ ।
आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।