७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतको तार तान्दै, रामेछापका जनप्रतिनिधि

अ+ अ-

रामेछाप । रामेछापको लिखु तामाकोसी-२ सैपुका जनप्रतिनिधिहरू आफैँ खटेर विद्युतको तार फेर्ने काममा जुटेका छन् ।

वडाध्यक्ष सन्तोष पौडेल लगायतका जनप्रतिनिधि आफैँ खटेर श्रमदान जुटाउँदै गाउँमा तानिएको पुरानो तार फेर्ने काम गरिरहेका छन् । ‘नेपाल विद्युत प्राधिकरणले पहिला नाङ्गो तार तानेको थियो, नाङ्गो तार हुँदा रुखका हाँगाले छोएर बारम्बार लाइन जाने समस्या भएकोले प्लास्टिक कोटेड तार फेर्न लागिएको हो’, उनले भने ।

विद्युत् प्राधिकरणको मन्थली वितरण केन्द्रले तार र तार तन्ने प्राविधिक उपलब्ध गराइदिएको र बाँकी काम वडा कार्यालयले नै गरेको पौडेलले बताए ।

पौडेलले भने, ‘प्राधिकरणसँग टाढासम्म तार ढुवानी गर्ने खर्च हुँदो रहेनछ, वडा कार्यालयले ढुवानी साधन व्यवस्था गरेर हामी आफैँ गएर सामान लोड गर्‍यौँ, वडा कार्यालयमा ल्याएर अनलोड पनि हामी आफैँले गर्‍यौँ, लोड–अनलोडको काममा म आफैँ खटेँ, अन्य साथीहरू पनि खट्नुभयो ।’ अहिले गाउँमा पुरानो तार फेरेर नयाँ तार तान्ने काम चलिरहेको छ । सैपुको दिलौरी डाँडादेखि फेदीसम्मको मेनलाइनको तार फेर्ने काम भइरहेको पौडेलले बताए । पहिलो चरणमा कुल ६ किलोमिटर दुरीमा तीन फेज अर्थात् १८ किलोमिटर तार फेर्न लागिएको पौडेलले बताए ।

प्राधिकरणले पोलमा तार बाँध्ने प्राविधिक उपलब्ध गराएको भए पनि तार तान्ने धेरै जनशक्ति चाहिने भएकोले तार तान्ने काममा पनि आफू लगायत वडाका जनप्रतिनिधि खटेका पौडेलले बताए । ‘वडाका सबै जनप्रतिनिधि खटेर गाउँलेहरूलाई जुटाउँदै काम गरिरहेका छौँ’, उनले भने । ज्याला दिएर मान्छे लगाउन वडासँग बजेट नभएको कारण आफैँ खटेर श्रमदान जुटाउँदै काम गरेको उनले बताए ।

उनले भने, ‘ढुवानी गर्ने खर्च जुटाउन त समस्या छ, तार तान्ने मान्छे लगाउने त कुनै खर्चै छैन, त्यसैले श्रमदान जुटाएर काम गरिरहेका छौँ, श्रमदान गर्नेलाई खाजा समेत स्थानीयले खुवाइरहनुभएको छ।’

रामेछापको साँघुटार सबस्टेसनबाट सैपुसम्म विद्युत लाइन लगिएको छ । कम्तीमा सबस्टेसनदेखि गाउँसम्मको मेन लाइनको तार फेर्न सकिए गाउँमा नियमित रूपमा विद्युत आपूर्ति हुने पौडेलको विश्वास छ । त्यसैले दोस्रो चरणमा दशैँ पछि फेदीदेखि सोही गाउँपालिकाको वडा नं ४ बिजुलीकोटसम्म श्रमदान जुटाएर लाइन तान्ने योजना रहेको उनले सुनाए ।
रामेछापको सो वडाका वडाध्यक्ष पौडेल जिल्लामा सबैभन्दा बढी श्रमदान गर्ने वडाध्यक्षमा पर्दछन् । पौडेल कहिले गल र साबेल बोकेर सडक मर्मत गर्न पुगेका हुन्छन् भने कहिले विद्युतका पोल बोक्न र गाड्न व्यस्त हुन्छन् । उनी कहिले विपन्नको घरमा विद्युत जोड्न वायरिङको काममा व्यस्त हुन्छन् । उनी वडा कार्यालये दिनु पर्ने सिफारिस लिन कार्यालयमा आउन नसक्ने ज्येष्ठ नागरिक र अशक्तको सिफारिस बोकेर घरमा नै पुग्छन् । यस्ता जनप्रतिनिधिको कारण नेपाली समाजमा हराउँदै गएको श्रम संस्कृति बिस्तारै ब्युँतँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस