६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति शुद्धीकरण विधेयकमा सहमति जुटाउन नसकेकामा कानुन मन्त्रीको असन्तुष्टि

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरण (मनि लण्डरिङ) सम्बन्धी विधेयकमा संसदीय समितिले सहमति जुटाउन नसकेकामा असन्तुष्टि जनाएका छन् ।

उनले दसैँअघि नै संसदबाट यो विधेयक पारित गर्नुपर्ने बाध्यता रहेको भन्दै चाँडै काम सक्न आग्रह गरेका हुन् ।

उक्त विधेयक हाल कानुन, न्याय तथा मानव अधिकार समितिको उपसमितिमा छलफल भइरहेको छ ।

अझै सहमति नजुटेकाले उपसमितिको म्याद थप गर्ने विषयमा सोमबार समितिको बैठकमा छलफल भएको थियो ।

सांसदहरुले समितिको म्याद १० दिन वा ७ दिन थप गर्ने धारणा राखेका थिए । तर कानुनमन्त्री गुरुङले सांसदहरु आफ्नो काम र मुलुकको समस्याप्रति जिम्मेवार नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘जनताले तिमी त कानुन बनाउने मान्छे हो भनेर पठाएको हो नि, मेरो घरको काम पर्‍यो, के जाति पर्‍यो भने कुरालाई प्राथमिकतामा राखिदिनुभएन’ उनले भने ।

उपसमितिले पटक पटक विज्ञसँग छलफल गरिसकेको र आफू पनि पटक पटक उपस्थित भएर जवाफ दिइरहेको भन्दै मन्त्री गुरुङले अझै काम नसक्नु दुःखद् भएको बताए ।

‘मन्त्रीको काम नभएको जस्तो यहाँ आएर रुँगेर बस्नुपर्छ, महत्त्वपूर्ण बैठक चलिरहेको छ तर यहाँ रुगेर बस्नुपरेको छ’ उनले भने, ‘माननीय सदस्य गेटमा आइपुगेको छु भन्नुहुन्छ, तर बैठकमा आइपुग्नुहुन्न ।’

धेरै सांसद कानुन निर्माणको काम छाडेर जिल्लामा नै रहेको भन्दै उनले जिल्लामा नै घुम्नेले जिल्ला समन्वय समितिको संयोजक भनेको भए हुन्थ्यो भन्ने व्यङ्ग्यात्मक टिप्पणी पनि गरे ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक दशैंंअघि पारित नगरे मुलुक ग्रे लिस्टमा पर्ने जोखिम रहेको भन्दै मन्त्री गुरुङले यसको गम्भीरता बुझ्न आग्रह गरे । उनले उपसमितिको म्याद अब धेरै दिन थप गर्न नसकिने आशय पनि व्यक्त गरे ।

‘भावनामा बगेर १० दिन ७ दिन नभनेर अधिवेशन स्थगित गर्ने सम्भावित डेट पनि हेरौँ, त्यो बीचमा विधेयक संसदमा दर्ता गर्ने मात्र होइन, पारित नै गर्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस