काठमाडौँ । नेकपा (एमाले) कोशीमा मतगणना जारी छ।
सोमबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो । ७ स्थानबाट मतगणना सुरु भएको छ। ९ सय ९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९ सय ७७ मत खसेको थियो। अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो।
अधिवेशनमा अध्यक्षका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो। मतदान आज बिहान ५ बजे सकिएको थियो।
अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ। त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो। उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्।
सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा छ। दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ।